Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रतिनिधिसभा निर्वाचनकोलागि मकवानपुर काग्रेसले सिफारिस गर्यो उमेद्वार

CC-1-1507362557.jpg

आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकोलागि मकवानपुरको दुई क्षेत्रबाट नेपाली कांग्रेस मकवानपुरले उम्मेद्वार सिफारिस गरेको छ । कांग्रेसको हेटौँडामा बसेको बैठकले क्षेत्र नंबर १ बाट बर्तमान सांसद इन्द्रबहादुर बाँनीया सहित रघुरमण न्यौपाने तथा प्रभात दाहाललाई सिफारिस गरेको छ । 

कांग्रेसले क्षेत्र नंबर २ बाट कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यय, उमा दाहाल तथा जयराम लामीछानेलाई सिफारिस गरेको कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णु लामिछानेले जानकारी दिए । 

प्रदेसभाको उमेद्वारको नामवली भने २१ असोज साँझसम्म टुङ्गो लगाउने उनको भनाई रहेको छ ।