nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रचण्ड सर्वोच्च अदालतमा

prachanda-1614497243.jpg

अदालतको अवहेलना मुद्दामा ‘आफैं उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् ।

उनी अवहेलना मुद्दामा जवाफ दिन केहीबेरअघि अदालत पुगेका हुन् । उनले लिखित जवाफ बुझाएर फर्कने बताइएको छ ।

प्रचण्डविरुद्ध अधिवक्ता समीर हायुले अवहेलना मुद्दा दर्ता गराएका थिए । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदकको आरोप छ ।

गत बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

अदालतको अवहेलनाकै मुद्दामा यसअघि चार पूर्व प्रधानन्यायाधीश– मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की, प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेस गरिसकेका छन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)