Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रचण्ड–माधव बालुवाटारबाट हिँडेपछि घनश्याम र योगेश प्रधानमन्त्रीसँग छलफलमा

yogesh-bhattarai-and-ghan-1608471490.jpg

मन्त्री पदबाट राजीनामा दिएर प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा सहभागी भएका नेकपा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई प्रधानमन्त्रीसँग छलफलमा जुटेका छन् ।

अरु नेताहरु बैठक सकेर बालुवाटारबाट बाहिरिएपछि भुसाल र भट्टराई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गएका हुन् । उनीहरु अन्तिमसम्म पनि दुई अध्यक्षलाई मिलाउन प्रयासरत थिए ।

५ पुसको प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिएनन् । तर गौतमको समर्थन रहेको बेदुराम भुसालले बताए । प्रचण्ड माधव नेपाल पक्षको बैठक चलिरहेका बेला स्थायी कमिटी सदस्य टोपवहादुर रायमाझी भने प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिएका थिए ।