nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रचण्डले प्रष्ट्याए: "राष्ट्रपतिको प्रस्तावमा विदाको निर्णय भयो"

प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्तावमा भएको बताएका छन् । विदा दिने निर्णय आफूले एक्लै गरेको नभई सर्वदलीय सहमतिअनुसार भएको समेत प्रधानमन्त्रीले स्पष्ट पारेका छन् । १२ कात्तिकमा प्रचण्डले विद्यार्थी नेताहरुसँग यस्तो बताएका हुन् ।

महाअभियोग प्रस्ताव संसदबाट छिटो पारित गराउन माग गर्दै संयुक्त विद्यार्थी संगठनका नेताहरुले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । विद्यार्थी नेताहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक विदाको निर्णय राष्ट्रपति विद्या भण्डारीको प्रस्ताव र सबै दलको सहमतिमा भएको जानकारी उल्लेख गरे ।

सार्वजनिक विदाबारे ‘हामीले यसबारे राष्ट्रपतिसँग छलफल गरेका थियौं, त्यहाँ भएको सहमति अनुसार सम्मानका लागि यो निर्णय गरेका हौं ।’ प्रचण्डले भने, भेटमा सहभागी अनेरास्ववियुकी अध्यक्ष नविना लामाले सुनाइन् ।