Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रचण्डको प्रस्तावलाई ओलीले फेरि भने– ‘लाञ्छना र आरोपपत्र’

oli-prachanda_c-1606876494.jpg

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘लाञ्छना र आरोपपत्र’को छलफल सचिवालय बैठकमा हुन नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपर्ने अडान राखेका छन् । 

आजको गोरखापत्र लेख्छ– अध्यक्ष ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका मात्र भएकाले त्यसलाई फिर्ता लिएर सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने बताएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक अगाडि बढाउन अर्का अध्यक्ष दाहाललाई आग्रह गर्दै दाहालद्वारा प्रस्तुत कुण्ठा, आग्रह, पूर्वाग्रहसहितको आरोपपत्रलाई स्वीकार नगर्ने स्पष्ट पारे । 

स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी सङ्गठन, विधान, विधि र प्रक्रिया विपरीत कुन बैठकको निर्णय अनुसार प्रस्ताव छापेर बाँडिएको हो भन्दै प्रश्न गरेका थिए । 

- गोरखापत्र 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०