Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पौष ११ मा बस्ने प्रदेशसभा बैठकमा प्रदेश–३ को राजधानीको विषयमा छलफल हुने

प्रदेश नंबर ३ को आगामी पुस ११ गते हुने प्रदेशसभा बैठकमा प्रदेशको राजधानी तथा नामाकरणको विषयले प्रवेश पाउने भएको छ । प्रदेश ३ मा महत्वका साथ लिइएको प्रदेशको नाम र राजधानीको विषयमा आगामि बैठकमा प्रवेश पाउने संभावना उच्च रहेको प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बैठकको तयारी स्वरुप ९ पुसमा कार्य ब्यवस्था परामर्शसमितिको बैठक हुने श्रेष्ठले जानकारी दिए । कार्यब्यवस्था परामर्श समितिको बैठकले ११ पौषमा हुने बैठकको अजेण्डा तयार पार्ने उनले बताए ।

काठमाण्डौँमा जारी नेपाली कांग्रेसको महासमितिको बैठक नसकिएको र अन्य विविध कारणले बैठकमा ढिलाई हुनपुगेको सभामुख श्रेष्ठको भनाई रहेको थियो 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)