nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पौडेल बने संसदिय दलको नेता, उनै बन्नेछन् मुख्य मन्त्री

PM-1518161468.jpg

नेकपा एमाले प्रदेश नंबर ३ संसदीय दलका नेता डोरमणी पौडेलले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संसदीय दलको नेतामा विजयी भएपछि पौडेलले पार्टी उपाध्यक्ष आफ्नो लागि सधै सम्मानित ब्यक्तित्व भएको बताए ।

लोकतान्त्रिक प्रक्रियामा हारजित स्वभाविक भएको बताउँदै उनले सबैलाई मिलाएर अघि बढने बताए । प्रदेश नंबर ३ को मुख्य मन्त्री निश्चित भएपछि अव प्रदेश विकासमा आफ्नो ध्यान केन्द्रीत हुने भन्दै उनले प्रदेश नंबर ३ धेरै संभावनाको क्षेत्र भएकोले यहाँ ५ वर्षमा धेरै काम गर्न सकिने दाबी गरे ।

एमाले संसदीय दलको निर्वाचनमा पौडेलले ३४ मत प्राप्त गरी निर्वाचित भएका हुन् । पौडेलका प्रतिद्वन्द्वी अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरिन। मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर “ख” बाट प्रदेश सभा सदस्य पौडेल २०५४ सालको स्थानीय निकाय निर्वाचनमा हेटौंडा नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

पूर्व उद्योग मन्त्री एवम् एमाले उपाध्यक्ष शाक्य भने प्रदेशको मुख्यमन्त्री हुने आकांक्षाकै कारण प्रतिनिधिसभामा उम्मेदवारी नदिई प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन् । शाक्यलाई माधव नेपाल निकट र पौडेलले केपी ओली निकटका नेता मानिन्छन् । संसदीय दलको नेताले नै मुख्यमन्त्री पदका लागि प्रतिष्पर्धा गर्ने प्रचलन रहेकोले स्पष्ट बहुमत भएको प्रदेश नम्बर ३ मा डोरमणि पौडेल मुख्य मन्त्रीको लागि पक्का हुनुभएको हो । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)