Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

पोल्ट्री दिवसमा दुध अण्डा

चौथो राष्ट्रिय पोल्ट्री दिवसमा मकवानपुरमा पनि बिबिध कार्यक्रम हुने भएको छ । मकवानपुर कुखुरा व्यवसायी संघको अगुवाईमा दिवसको अवसर पारेर हेटौंडा अस्पताल र मामाघर नेपालमा दुध र अण्डा बितरण गरिने भएको छ । आइतबार संघको अगुवाईमा अस्पतालका बिरामि र मामाघर नेपालमा रहेका बालकालिकालाई दुध र अण्डा बितरण गरीने संघका अध्यक्ष राजु अधिकारीले बताए ।

दिवसलाई सफल पार्नका लागि मकवानपुरमा रहेका पोल्ट्रिको क्षेत्रमा कृयाशिल रहेकाले मोटरसाईकल ¥यालि सहित अण्डा र दुध बितरण गर्ने भएको उनले जानकारी दिए । बृहत रुपमा कार्यक्रम मनाउने तयारी संघले गरीरहेको छ । कार्यक्रममा पेशागत रुपमा पोल्ट्री क्षेत्रमा आवद्ध सबै क्षेत्रको सहभागिता रहने बताइएको छ ।