Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पैसा कमाउन ब्यापार गर्नुस, राजनीति हैन: मुख्यमन्त्री पौडेल 

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले राजनीति पैसा कमाउने थलो नभएको बताएकाछन् । केही जनप्रतिनिधि ठेकेदारको रुपमा प्रस्तुत भएको गुनासो आएको भन्दै उनले यस्तो बताएका हुन् । 

सोमबार नुवाकोटमा आयोजित नेपाल कम्युनिस्ट पार्टी९नेकपा ०को आयोजनामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री भने-"पैसा कमाउने भए ब्यापार गर्नुस राजनीति हैन।" राजनीति नितान्त सेवा गर्नका लागि भएको उनको भनाई थियो । मुख्यमन्त्री पौडेलले तीनै तहको सरकारको समन्वय भए मात्र गन्तव्यको यात्रा तय गर्न सकिने बताए । सडक संजाललाई गाउँपालिका केन्द्रसंग जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिनु पर्ने उल्लेख गरे । सरकारले अब ४ बर्षमा गाउँ पालिकामा जाने सडक कालोपत्रे हुने बताए । उनले समन्वय अभावमा राज्यले प्राथमिकतामा राखेको योजनामा प्रस्तावहरु नआउने तर प्राथमिकतामा नपरेका योजनाहरुका मात्र प्रस्तावहरु आउने समस्या उत्पन्न हुन्छ भन्दै पौडेलले देश र ठाउँ परिवर्तन गर्न सक्ने योजानाहरुलाई प्राथमिकतामा राख्न अनुरोध गर्नुभयो । पौडेलले अब पनि निर्वाहमुखी र कामचलाउ योजनालाई प्राथमिकता नदिएर जनताले परिबर्तन को अनुभुती गर्ने गरी काम गर्नु पर्ने धारण राखे ।" हाम्रा योजनाहरु दिगो बिकासका लक्ष्यलाई पुरा गर्ने तर्फ लक्षित हुनुपर्छ"- उननले भने ।

हाम्रो अघिल्लो पुस्ताले ६० बर्षको ईतिहासमा देखाउने काम गर्न नसकेको बताउदै पौडेलले सामाजिक, आर्थिक, सास्कृतिक रुपान्तरणका दिशामा अगाडि जान बिगतको मोडल नभएर दीर्घकालीन रुपमा लैजाने गरि नयाँ तौर तरिका अबलम्बन गर्नुपर्नेमा जोड दिए ।। मुख्यमन्त्री पौडेलले सिङो मुलुक परिबर्तन गर्ने लक्ष्य पूरा गर्न धेरै वाधा र अड्चन आएका छ्न भन्दै प्रदेश सरकार मुलुक परीबर्तन गर्न लागि परेको उल्लेख गरे ।  पौडेलले हरेक स्थानीय तहमा प्राविधिक शिक्षालय, उद्योग ग्राम स्थापना गर्ने सरकार को योजना कार्यन्वनमा लैजाने बताए । उनले नुवाकोटमा भएका सम्भावनाहरुको खोजी गरेर ती स्रोतहरुको परिचालन गर्नु पर्ने धारणा राखे । बिगतमा काखमा भएको स्रोत परिचालन गर्न नसकिएको स्मरण गर्दै पौडेलले अब तीनको प्रयोग गर्नुपर्ने बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०