Monday, 15th June, 2026
वि.स.

पैदलयात्रुलाई बाटोमा खाना खुवाउन स्थानीय तहलाई आग्रह

लकडाउनका कारण पैदलै हिँडेर गन्तव्यसम्म जानेहरुलाई बाटोमा खाना, खाजा र पानीको व्यवस्था मिलाउन गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेशले स्थानीय तहहरुलाई आग्रह गरेको छ ।

गाउँपालिका महासंघ बागमती प्रदेशका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र मकवानपुरका गाउँपालिका प्रमुखहरुलाई पत्र लेखेर काठमाडौंबाट बाहिरिने पैदल यात्रुहरुका लागि खाना, खाजा र पानीको प्रवन्ध मिलाउन भनेका हुन् ।

लकडाउनका कारण कामविहीन भएपछि दैनिक ज्यालादारी गर्नेहरुले काठमाडौं उपत्यका छाड्ने क्रम चलिरहेको छ । गाडीको व्यवस्था नभएपछि उनीहरु पैदलै हिँडेर घर फर्किन बाध्य भएका छन् । लामो पैदल यात्रा रोजेर मानिसहरू घर फर्किन थालेपछि गाउँपालिका महासंघ नेपालले यसबारे चासो देखाएको हो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०