Monday, 15th June, 2026
वि.स.

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाएको हो । 

‘अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा सामान्य गिरावट आएको छ । स्वाचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले भने,‘नयाँ मूल्य सोमबार राति १२ बजेदेखि नै लागू हुनेछ ।’



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०