nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पिरमर्का बुझ्ने थाहानगरका ‘ईश्वर’ले नाम अनुसारकै काम गरे 

कसैलाई केही दुःख परिहाले ईश्वर गुहार्छन् । हिन्दु परम्परा र संस्कृति अनुसार कसैले आफूलाई हेपेभने ‘इश्वरले जानून् ।’  भनेर पुकार्ने पुरानै चलन हो । ‘पाप पुण्य देख्ने ईश्वर छन्’–गाउँघरमा पाका पुस्ताहरु अझै भन्छन् । हिन्दु परम्पराअनुसार यि भनाइहरुको अर्थ योपनि हो कि, ईश्वर नै देउता हुन्, सर्वश्रेष्ठ हुन । 

पुराना मान्यता अनुसार ईश्वरमा विश्वास गरिन्छ अनि पिरमर्का पनि उनै इश्वरले बुझ्छन् भन्ने विश्वास त छँदैछ । यस्तै पीरमर्का थाहा नगरपालिका वडा नम्बर ४ का ईश्वर कार्कीले पनि मनैदेखि बुझे । परेको पिरलाई मत्थर पारिदिने उपाय रचे, आफैले कार्यान्वयन गरे । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा सरकारले गरेको लकडाउनबाट सबै होटलहरु बन्द भएपछि होटल संचालन भएको आफ्नो घरको सबै भाडा छुट दिए । सम्झौता अनुसार घरभाडा तिर्न नसकेर फिटिफिटि हुने यो समयमा थाहानगरका मर्का बुझेका ईश्वरको कामलाई सबैले प्रशंसा गरेका छन् । स्थानीयहरु भन्छन्–‘ईश्वरकै रुपमा भटिए ।’ ईश्वरले न्यू शंकर होटल संचालन भएको थाहा–४ शिखरकोटमा रहेको घरको भाडा लकडाउन अवधिको शतप्रतिशत छुट दिएका हुन् ।  

सरकारले लकडाउन घोषणा शुरु गरेको २०७६ चैत ११ गतेदेखि २०७७ साउन १४ गतेसम्मको भाडा नलिने ईश्वरले बताए । शिखरकोटमा रहेको न्यू शंकर होटल निकै चल्तीको होटल हो । तर, लकडाउनपछि होटल बन्द भयो, भाडा तिर्नसक्दैनौ भन्ने चिन्ता थियो निःशुल्क पाउँदा खुशी लागेको होटल संचालक शनिश गोपालीले खुशी व्यक्त गरे  । चारतले घरमा पुरै भाडामा होटल संचालनमा छ । चार महिनाको भाडा छुट पाउँदा सबैभन्दा ठूलो राहत मिलेको अर्का संचालक सन्तोष कार्कीले खुशीको अनुभूति सुनाए । 

घरधनी ईश्वर कार्कीले लकडाउन अवधिको पूरै घरभाडा छुट दिएको खबरप्रति थाहा ३ का सुदर्शन कार्कीले भने–‘नाम पनि ईश्वर, काम पनि ईशवरीय।’ उनले भाडामा होटल संचालन गर्ने संचालकलाई दिएको छुटप्रति अधिकांश स्थानीयहरुले खुशी व्यक्त गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)