nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ स्वास्थ्य केन्द्रलाई ११ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाले पालुङ प्राथमिक स्वस्थ्य केन्द्रलाई स्वस्थ्य जन्य सामग्री सहयोग प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपकसिंह लामालाई रेडक्रसले सामाग्री हस्तान्तरण गरेको हो । 

स्वास्थ्य केन्द्रको लागि आवश्वक सेन्ट्रीफ्युज मेसिन, पेसेन्ट मोनिटर, पेसेन्ट बेड वीथ म्याट्रेस, अल्ट्रा साउण्ड मेसिन र वाटर बाथ गरी करिब ११ लाख बराबरको सामग्री प्रदानगरिएको रेडक्रस मकवानपुरले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी मकवानपुर शाखाका सभापति सूर्यचन्द्र न्यौपानेले सामाग्री हस्तान्तरण गर्दै       उक्त सामग्रीको उच्चतम प्रयोग गरी सर्बसाधारण जनतालाई सेवा प्रदान गर्न आग्रह गरे । साथै न्यैपानेले स्वास्थ्य केन्द्रको लागि थप आवश्यक सामाग्री आवश्यक भएको खण्डमा पनि आफूले सकारात्मक कदम चाल्ने बताए । 

थाहा नगरका स्वास्थ्य शाखा प्रमख मेघराज बलामीले रेडक्रसको योगदानको चर्चा गर्दै रेडक्रस मकवानपुरलाई विशेष धन्यवाद व्यक्त गरे । उनले रेडक्रसको समन्वय अगामी दिनमा पनि आवश्यक हुने कुरामा जोड दिए । साथै हाल थाहा नगरपालिकामा गाउँघर क्लिनिकको लागि पनि प्रभावकारी रुपमा सहयोग गर्न अपिल गरे । 

कार्यक्रमकै अवसरमा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.रिनेश अधिकारीले रेडक्रसको सहयोगको उच्च मूूल्याङ्कन गर्दै जनतालाई प्रभावकारी ढङ्गबाट सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । साथै उनले स्वास्थ्य केन्द्रबाट अझै प्रभावकारीताका साथ सेवा प्रदान गर्नको लागि केन्द्रमा डेलिभरी बेड, संस्थाबाट निस्केका फोहोरलाई सही व्यवस्थापनको लागि आवश्यक मेसिन, सुत्केरीको अवस्थामा आमादेखि बच्चालाई न्यानो बनाउनको लागि रुम हिटर भइदिए सहज हुने कुरा बताए । त्यसको लागि पहल गरिदिनको लागि रेडक्रस मकवानपुरलाई आग्रहसमेत गरे । 
कार्यक्रम स्वास्थ्य केन्द्र व्यवसथापन समितिका अध्यक्ष तथा थाहा नगरपालिका वडा नं. ४ का अध्यक्ष दिपक सिंह लामाको अध्यक्षतामा भएको थियो । अध्यक्ष लामाले रेडक्रसको सहयोगप्रति विशेष आभार प्रकट  गरे । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)