nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ बहुउद्देश्यीय सहकारीकाे १८ अाैं स्थापना दिवसः मकवानपुरमै पहिलाे सदस्य पुस्तकालय उद्घाटन

palung-1482582046.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १८ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरि मनाएको छ । १८ औं स्थापना दिवसको दिन सहकारीले रक्तदान कार्यक्रम, न्यानो झोला वितरण कार्यक्रम, फरक क्षमता भएका असहाय सहयोग, जेष्ठ सदस्य सम्मान र सदस्य पुस्तकालयको स्थापना गरेको छ । न्यानो झोला वितरण कार्यक्रम अन्तर्गत १ जना सुत्केरी महिला, असहाय सम्मानमा रु. १५०००। सहयोग गरी आवधिक खाताको व्यवस्था, जेष्ठ सदस्यहरुलाई नगद रु. १,१००। सहित दोसल्ला ओडाएर सम्मानित गरेको छ ।

 
सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा सदस्य पुस्तकालयको पनि सुरुवात गरेको छ । यो पुस्तकालय मकवानपुरमै पहिलो हो । 
थाहा नगरपालिका कार्यकारी अधिकृत भिम बहादुर परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दल, कृषि सेवा केन्द्र पालुङका प्रमुख विजय चन्द्र झा, नेपाल सरकार कर फछ्र्यौट आयोगका उमेश ढकाल, इलाका प्रहरि कार्यालयका प्रमुख, पालुङ बेस क्याम्प प्रमुख लगायत विभिन्न संघ संस्थाको प्रतिनिधि र सहकारी संस्थाको सदस्यहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रमका प्रमुख अतिथि भिम बहादुर परियारले सहकारी संस्थाहरुले स्वावलम्बी आन्दोलन गर्नु पर्ने र समग्र नगरको विकासको लागी सहकारीलाई परिचालन तथा सहकार्य आवश्यक रहेको बताए । 

तस्विरः लक्ष्मण विष्टकाे फेसबुकबाट