Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ टोल कमिटी अध्यक्षमा श्रेष्ठ

नेकपा एमाले थाहानगर सगठन कमिटी अन्तर्गत थाहा नगरपालिका वडा नम्बर २ को साविक पालङ ६ मा टोल कमिटी गठन गरिएको छ । १० भाद्रमा भएको एमाल टोल भेलाले संजित श्रेष्ठलाई अध्यक्ष चयन गरिएको छ ।

कमिटीका उपाध्यक्ष रमन श्रेष्ठ, सचिब जीवन श्रेष्ठ र उपसचिब श्यामभक्त नापित रहका छन् । त्यसैगरी सदस्यहरुमा इन्दभक्त श्रेष्ठ, विन्दु कुमार श्रेष्ठ, ओमभक्त नापित, गौतमराज श्रेष्ठ, रमिला प्रधान, प्रमिता श्रेष्ठ, समिर नापित, विश्वमान प्रधान र सुनिल श्रेष्ठ चयन भएको वडा कमिटी अध्यक्ष मधुकर विक्रम श्रेष्ठले जानकारी दिए । 

वडा कमिटी अध्यक्ष श्रेष्ठका अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले मकवानपुर जिल्ला कमिटी सल्लाहकार राजु नापितले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमबाट टोल कमिटी इन्चाजमा गौतम प्रधान चुनिएकाछन् ।