nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 8th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसिज सप्ताह २०१८ मा विविध कार्यक्रम हुने

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा रहेको पालुङ जेसिजले सप्ताह व्यापी विविध कार्यक्रम गरी जेसिज सप्ताह गर्ने भएको छ । यहि मंसिर २२ गतेबाट पौष १ गतेसम्म कार्यक्रम संचालन गर्ने गरी कार्यक्रम तालिका बनाउँदै पालुङ जेसिजले मुल कार्यक्रम संयोजक उद्धव विडारीको संयोजकत्वमा विविध कार्यक्रमहरु तय तय गरेको छ । 

जेसिजले २८ गते बिहान १०:३० बजे पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा जेसिज सप्ताह उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रम, कार्यालय प्रमुख भर्सेज जेसिज फुटबल प्रतियोगिता, मंसिर २९ गते बिहान ७:३० बजे ओखरबजारबाट शिखरकोट हुँदै ओखरबजार सम्मको प्रदिप म्याराथुन प्रतियोगिता, बिहान ८:३० बजे ओखरबजारमा स्लो बाइक रेस प्रतियोगिता, बिहान १०:०० बजे जेसिज सभाहल सरसफाइ कार्यक्रम, ११ बजे समुह नृत्य प्रतियोगिता र पौष १ गते बिहान १०:३० बजे झम्केश्वरी माद्यामिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता,  दिउँसो २ बजे पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा जेसिज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्ने तालिका बनाएको जेसिजका कोषाध्यक्ष जेसि विकास भण्डारीले जानकारी दिए ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।