nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पस स्ववियू सभापति पदमा क्रान्तिकारीबाट मुकेश गोलेको उमेद्वारी घोषणा

mukesh-1486621716.jpg

नेपाल कम्यूनिष्ट पार्टि(माओवादि केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का पालुङ बहुमुखी क्याम्पसको स्ववियू सभापतिको लागि मुकेश गोलेले सभापतिमा आफ्नो उमेद्वारी घोषणा गरेका छन् । अखिल क्रान्तिकारी बाटनै सचिवमा रिस्ता के.सी. र कोषाध्यक्षमा आयूष वि.क.ले आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।

गोलेले क्याम्पसको आर्थिक अवस्था कमजोर भएको कारण क्याम्पसको आर्थिक अवस्था सुधार्न क्याम्पस व्यवस्थापन समितिसँगै मिलेर सहकार्यमा विद्यार्थी यूनियन अघि बढने प्रतिबद्धता जायर गरेका छन् । गत वर्षहरुमा जस्तै यस वर्ष पनि क्रान्तिकारीको विजय हाँसिल सुनिश्चित रहेको उमेद्धवार गोलेले बताए । क्याम्पस तथा विद्यार्थी व्यवस्थापको लागि आफूलाई जिताउनको लागि आग्रह समेत गरेका छन् । गोले पालुङ क्याम्पसमा वि.वि.एस. दोस्रो वर्षमा अध्ययनरत र रेडियो आवाजमा प्रमुख प्राविधिकको कार्य गर्दै आएका छन् ।