nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा केसीको सभापतिमा उमेद्वारी घोषणा  

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पालुङ बहुमुखी क्याम्पसमा गणेश केसीलाई सभापतिमा उम्मेद्वार बनाउने घोषणा गरेको छ । 

केसी हाल अनेरास्ववियु पालुङ बहुमुखी क्याम्पस कमिटिका अध्यक्ष हुन् । यहि फागुन १३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केसीलाई उम्मेद्वार बनाईएको हो । उमेद्वार घोषणा तथा क्याम्पस कमिटि निर्माण कार्यक्रममा बोल्दै नेकपा एमाले थाहानगर कमिटिका सचिव सुरेन्द्रमान प्रधान, अनेरास्ववियु जिल्ला कमिटिका सचिव किसन घिसिङलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पालुङ बहुमुखी क्याम्पसमा बी.एड्. कक्षा संचालन, पुस्तकालयमा प्रर्याप्त पुस्तक तथा प्राविधिक शिक्षा संचालनको लागि अनेरास्ववियु पालुङ क्याम्पस कमिटि प्रतिवद्ध भएको बताइएको थियो । यसका लागि स्ववियु चुनावमा अनेरास्ववियुलाई मतदान गर्न अपिल गरिएको छ । कार्यक्रममा अनेरास्ववियु क्षेत्र नं २ अध्यक्ष प्रमोद फुयाल सहित नेताहरुको सहभागिता रहेको थियो ।