nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालिका उपाध्यक्ष विष्ट भन्छिन राजिनामा दिएकै छैन तर राजीनामा पत्र नै सार्वजनिक भैसक्यो !

manila-1609689747.jpg

मनहरी गाउँपालिकी उपाध्यक्ष मनिला विष्टले आफुले उपाध्यक्ष पदबाट राजीनामा नदिएको भन्दै हेटौंडामा पत्रकार सम्मेलन गरिरहँदा उनले अध्यक्ष एकराज उप्रेती समक्ष दिएको राजीनामा पत्र नै सार्वजनिक भएको छ । उपाध्यक्ष विष्टले दिएको राजीनामा गाउँपालिकाको बैठकले स्विकृत गरेको समाचार आएपछि आइतबार साँझ उनले हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफुले राजीनामा नदिएको बताएकी थिइन् । उनले पत्रकार सम्मेलनमा भनिन्–‘ मैले पदबाट राजीनामा दिएको छैन । गाउँपालिकामा मेरो नाममा कुनै राजीनामा पत्र पुगेको रहेछ भनेपनि त्यो फेक हो । कर्मचारीको बदमासी हो ।’

उनले राजीनामा पत्र नदिएको जिकिर गरिरहँदा उनले अध्यक्ष उप्रेतीलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र सार्वजनिक भएको छ । यो सँगै उपाध्यक्षले राजीनामा दिएको विषय नेकपाभित्रको विवादसँग जोडेर हेरिएको छ । अध्यक्ष उप्रेती केपी ओली समूह र उपाध्यक्ष विष्ट प्रचण्ड–नेपाल समूहको भएकाले विवाद बाहिर आएको गाउँपालिकाका एक कर्मचारीले बताए ।

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले गतमंसिर २९ गते दिएको राजीनामा पुस १७ गते शुक्रबार स्विकृत भएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताए । राजीनामाको विषयलाई किनारा नलगाए गाउँपालिकाका सबै काममा असर पर्ने भएपछि बैठकले स्विकृत गरेको उनको भनाई छ ।

राजीनामा दिएपछि नेपाली काग्रेशबाट जितेका वडा अध्यक्ष र नेकपाबाट जितेका कार्यपालिकाका सदस्यहरुले गाउँपालिकाको कुनैपनि कार्यक्रम गर्न नदिने चेतावनी दिएकाले स्वीकृत भएको अध्यक्ष उप्रेतीले दाबी गरे । काग्रेश र नेकपाका कार्यपालिकाका सदस्यहरुले उपाध्यक्ष विष्टले दिएको राजीनामा सार्वजनिक गर्न माग गरेका थिए । यदी राजीनामाको विषयमा जानकारी नदिएमा कार्यपालिकाको बैठकनै बस्न नदिने भएपछि राजीनामा स्वीकृत गर्न बाध्य भएको अध्यक्ष उप्रेतीको भनाइ छ ।

मंसिर २९ गते उपाध्यक्ष विष्टल खामबन्दी गरेर अध्यक्ष समक्ष राजीनामा बुझाएको उल्लेख छ । तर गाउँपालिकाका उपाध्यक्ष विष्टले राजीनामा नदिएको र अहिले पनि आफ्नो पदिय दायित्व निर्वाह गरिरहेको बताइन् । उनले भनिन्– मैले राजीनामा दिएको भन्ने समाचारहरु सञ्चार माध्यममा आएपछि गाउँपालिकाले नै त्यसको खण्डन गर्दै राजीनामा नआएको पुष्टि गरिसकेको छ । त्यही आधारले पनि मैले राजीनामा नदिएको पुष्टि हुन्छ । जर्वजस्ती गर्न खोजे न्यायका लागि अदालत जान्छु ।’



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)