Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पार्टी एकताबारे गर्न माओवादीले बोलायो बैठक

नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय समितिको बैठक बोलाएको छ । एमाले–माओवादी पार्टी एकताको विषयले दुई पार्टीभित्र बहस चर्किरहेका बेला माओवादी केन्द्रले मंगलबारका लागि बैठक डाकेको हो ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताको विषयमा भइरहेको प्रयास तथा त्यसको तयारीका बारेमा छलफल गर्नुपर्ने भएकाले बैठक बोलाइएको जानकारी दिइन् ।

बैठक मंगलबार अपराह्न १ बजे प्रचण्ड निवास खुमलटारमा बस्नेछ ।

पार्टी एकताको विषयमा माओवादी केन्द्रबाट कुनै ठोस निर्णय र अवधारणा अगाडि नआइरहेका बेला बस्न लागेकाे बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०