Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पाण्डे भए नेकपा बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक

Final-Pandy-1584623132.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेशको मुख्य सचेतकमा केशव राज पाण्डे नियुक्त भएकाछन् । पाण्डे प्रदेश सभा सदस्य हुन् । पाण्डेलाई नेकपा संसदीय दलका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य सचेतकमा नियुक्त गरेका हुन् ।

नेकपा नुवाकोटका नेता रहनुभएका पाण्डे नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ को “क” बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । २०४० सालमा अनेरास्ववियु पाँचौको नुवाकोट अध्यक्ष बन्नुभएका पाण्डे वि.सं.२०४५ मा अस्कल क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । पाण्डे अनेरास्ववियुको विदेश विभाग प्रमुख हुँदै एसियाली विद्यार्थी संगठनको दुई कार्यकाल सम्म सचिव भैसकेका छन् ।

यस अघि मुख्य सचेतक रहनुभएका रामेश्वर फुयाल गत चैत ६ गते प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त हुनु भएपछि एक महिनादेखि नेकपाको मुख्य सचेतक पद खाली थियो । पाण्डेलाई संसदीय दलको मुख्य सचेतकमा नियुक्त गरिएको जानकारी प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठलाई ६ चैतमैगराइएको जनाइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०