nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पहिलो किस्ताले भुकम्पपीडितहरु घर बनाउन थाले

मकवानपुर जिल्लाको उत्तरी क्ष्ँेत्रका  अधिकांश भुकम्पपीडितहरुले पहिलो किस्ता अनुदान रकम लिएर घरको जग खन्ने काम गरिरहेका छन ।    केहीले जग खन्ने काम पनि पुरा गरिसकेका छन । 

थाहा नपा ८ नारायणप्रसाद पन्तले तिहार अघि सरकारले उपलब्ध गराएको पहिलो किस्ताको अनुदान रकम ५० हजार रुपैया वुझेका थिए । उक्त अनुदान रकमले उनले ज्याला लगाएर घरको जग खन्ने काम गरिरहेका छन । जग खन्न र पुर्न अनुदान रकमले नपुगेपनि तरकारी विक्री गरेको पैसाले जगको काम छिटै नै सक्ने पन्तको योजना छ । एक साता भित्रमा जगको काम सकेर दोस्रँे किस्ता रकमको निम्ति प्रक्रिया अगाडी वढाउने सुरमा उनी छन ।

अनुदान रकम लिएकामध्ये ७० प्रतिशतले जग खन्न सुरु गरिसकेका छन भने ५ प्रतिशतले जग खन्ने र पुर्ने काम पनि गरिसकेका छन कार्यकारी अधिकृत परियारले भने । थाहा नपामा २ हजार ९ सय ७२ घर परिवार भुकम्पपीडित रहेका छन  । तीमध्ये २ हजार ४ सय ४६ जनासंग सम्झौता भइसकेको छ । २ हजार २ सय ३८ जना भुकम्पपीडितले पहिलो किस्ता वापत ५० हजार रुपैया लिइसकेका छन ।

ढुंगामाटोको जोडाई भएको पन्तको घर भुकम्पले गर्लाम्मगुर्लुम्म ढलेको थियो । १९ महिनादेखि उनी जस्तापाताको टहरामा वस्दै अँएका छन । यो जाडोमा पनि टहरामा विताउन पर्ने भो भन्ने चिन्तामा उनीमा छ । सकेसम्म पुसको पहिलो सातासम्म घर वनाएर सर्ने लक्ष्य उनको छ । सरकारले दिएको अनुदान रकमले घर वनाउन नपुगेपनि आ“ट दिएको छ पन्तले भने । पन्तलेमात्र होइन थाहा नपा १२ का ध्रुव वलामीले पनि घरको जग धमाधम खन्न थालेका छन । ५ कोठाको जग उनले ७ जना मजदुर लगाएर जग खन्न थालेका हुन । जगको काम उनले  अनुदान रकम पाएपछि सुरु गरेका हुन । थाहा नपा ८ नयागाउकै दुर्गावहादुर तामाङ जग पुरेर दोस्रँे किस्ता अनुदानको निम्ति थाहा नपा कार्यालयमा विहीवार पुगेका थिए । ‘घरको जग खन्ने र पुर्ने काम सकिसके’भुकम्पपीडित तामाङले भने,‘अव गाह्रो उठाउनका लागि दोस्रँे किस्ताको निम्ति नगरपालिकामा आएको ।’थाहा नपाका कार्यकारी अधिकृत भीम परियारले दोस्रँे किस्ताको निम्ति के कसरी अनुदान उपलब्ध गराउने हो थाहा नै नभएको वताए । राष्ट्रिय पुननिर्माण प्राधिकरणले कार्यविधी नै पठाएको  छैन उनले भने । 

थाहा नपाका अधिकांश भुकम्पपीडितले सरकारले उपलब्ध गराउने पहिलो किस्ताको अनुदान रकम  लिइसकेका छन । अनुदान रकम लिएकामध्ये ७० प्रतिशतले जग खन्न सुरु गरिसकेका छन भने ५ प्रतिशतले जग खन्ने र पुर्ने काम पनि गरिसकेका छन कार्यकारी अधिकृत परियारले भने । थाहा नपामा २ हजार ९ सय ७२ घर परिवार भुकम्पपीडित रहेका छन  । तीमध्ये २ हजार ४ सय ४६ जनासंग सम्झौता भइसकेको छ । २ हजार २ सय ३८ जना भुकम्पपीडितले पहिलो किस्ता वापत ५० हजार रुपैया लिइसकेका छन ।

लाभग्रँहीको सुचिमा रहेकामध्ये केहीको घर नभत्केको,भत्केको भएपनि राजधानीलगायत अन्य क्ष्ँेत्रमा भएको र अंशवन्डाको विवादले पनि सम्झौता हुन सकेको छैन । थाहा नपामामात्र होइन,दोस्रँे किस्ता अनुदान रकम हेटौडा उपमहानगरपालिका, कुलेखानी, निवुवाटार र भीमफेदी गाविसका केही भुकम्पपीडितहरुले जिविससंग माग गरेका छन । जिविस मकवानपुरलाई के कसरी रकम उपलब्ध गराउने  हो  अहिलेसम्म अत्तोपत्तो छैन । ‘दोस्रो किस्ता अनुदान रकम माग्न लाभग्रँहीहरु आउन थालिसकेका छन’जिविस मकवानपुरका योजना अधिकृत किसान न्यौपानेले भने,राष्ट्रिय पुननिर्माण प्राधिकरणसंग कार्यविधी माग गर्दा कार्यविधी वनाउने तयारीमा रहेको जानकारी दिएका छन ।’  मकवानपुरका करिब १० हजार लाभग्रँहीसंग अनुदान रकमको लागि सम्झौता हुन सकेको छैन । आफनो नाममा एकधुर पनि जमिन नभएका भुकम्पपीडितहरुसंग पनि सम्झौता हुन सकेको छैन भने  जग्गाधनी पुर्जा भएको घरमुली विदेशमा भएकाहरुसंग पनि सम्झौता हुन सकिरहेको छैन ।

अर्कोतिर गुनसाहरुको सुनुवाई नभएकाले पनि  वास्तविक भुकम्पपीडितहरु समष्यामा परेका छन । मकवानपुरको राक्सिराङ गाविसमा एक जना भुकम्पपीडितहरुसंग पनि सम्झौता हुन सकेको छैन । ३ सय ४० लाभग्रँही रहेको उक्त गाविसमा वास्तविक भुकम्पपीडितहरु लाभग्रँही सुचिमा छुटेको भन्दै उनीहरुलाई पनि लाभग्राही सुचिमा नराखेसम्म सम्झौता नगर्ने भनी स्थानीय राजनीतिक दलहरुले सम्झौतना गर्न रोक लगाएका छन  ।मकवानपुरको एक उपमहानगरपालिका, एक नगरपालिका र ३५ गाविसमा ३० हजार २ सय ३८ लाभग्रँही रहेका छन । जिविस मकवानपुरका अनुसार तीमध्ये १९ हजार ५ सय ४० लाभग्रँहीसंग अनुदान सम्झौता भइसकेको छ । १७ हजार ६ सय ६१ लाभग्रँहीले पहिलो किस्ता वापतको पहिलो रकम ५० हजार रुपैया वुझिसकेका छन । २५ हजार ५ सय १७ जनाले गुनसाहरु दर्ता गराएका छन । 

प्रताप विष्ट/मकवानपुर



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)