Monday, 15th June, 2026
वि.स.

पर्यटकहरुको निधनप्रति थाहा नगरपालिकाद्वारा दुःख व्यक्त

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको एभरेष्ट पानोरमा रिसोर्टमा पर्यटकको ज्यान जाने गरी भएको घटनाप्रति थाहा नगरपालिकाले दुःख व्यक्त गरेको छ । छिमेकी देश भारतबाट नेपाल घुम्न आएका भारतीय पर्यटकहरु सिमभन्ज्याङ स्थित एभरेष्ट पानोरमा रिसोर्टमा माघ ६ गते साँझ आईपुगी बास बस्ने क्रममा राती हिटर बालेर सुत्दा ८ जना पर्यटकहरु निसास्एिर निधन भएको खबरले थाहा नगरपालिका परिवार अत्यन्त मर्माहत र स्तब्ध विज्ञप्ती जारी गरी जनाएको छ ।

थाहा नगरपालिका प्रमुख लवशेर विष्टले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा भनिएको छ –‘अकल्पनीय र असामायिक उक्त घटनामा चार बालबालिकासहित ८ जनाको निधन भएकोमा हामी ज्यादै दुःखी छौं ।’ 

नगरपालिकाले ८ माघमा शोक विज्ञप्ति जारी गर्दै पीडादायी दुखद् घडीमा मृतकहरुको आत्माको चीर शान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकाकुल परिवार र आफन्तजनमा समवेदना प्रकट गरेको जनाएको छ । 

शोक विज्ञप्ति


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०