nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

परिस्थितिको सामाना गर्न वाइसीएल र युवा संघ तयार

bigyapti-(1)-1512551673.jpg

मनहरी–मंसीर १९ गते साँझ मकवानपुर क्षेत्र नं २ को प्रदेश सभा २ का बाम गठबन्धनका राजाराम स्याङ्तानमाथि काँग्रेसले गरेको आक्रमण प्रयासको संयुक्त बाम गठबन्धनले भत्र्सना गरेको छ । 
साथै गठबन्धनले दोषीमाथि कारबाहीको माग गर्दै मौनता र धैर्यतालाई कमजोरी नठान्न सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । गठबन्धनका तर्फबाट निर्बाचन परिचालन कमिटीका संयोजक लालबहादुर थापाले बुधवार बिज्ञप्ती प्रकाशन गरी यस्तो चेतनावी दिएका हुन् । बिज्ञप्तीमा मनहरी गाउँपालिका अध्यक्षको घरमा खाना खाएर सुत्ने तरखर गरिरहेको उम्मेदवार एबम् पूर्व सांसद स्याङ्तानमाथि सार्बजनिक गालीगलौज गरी हतियार समेत देखाइएको उल्लेख छ । घरेलु हतियारहरु खुकुरी र खोँडाहरु प्रयोग गर्दा समेत प्रहरीले कसैलाई पक्रेर कारबाही नगरेको र हस्तक्षेप समेत नगरेकाले उसको निष्पक्षतामाथि पनि प्रश्न उठेको बिज्ञप्तीमार्फत आरोप लगाइएको छ । 
थापाले बिज्ञप्तीमार्फत आफूहरु जस्तोसुकै परिस्थितिको सामना गर्न तयार रहेको उल्लेख गरेका छन् । उनले वाइसीएल र युवा संघलाई समेत परिस्थितिको सामना गर्नका लागि निर्देशन दिएका छन् । 
मंगलबार साँझ मनहरी ९ स्थित मनहरी गाउँपालिका अध्यक्षको घरमा रहेका स्याङ्तानलाई काँग्रेसका नेता तथा कार्यकर्ताहरु समेत सहभागी भई सार्बजनिक रुपमा गाली बेइज्जति गरी हतियार समेत देखाएर तीन घण्टा नाराजुलुस गरेको थियो । दोहोरो झडप हुन नदिन बाम गठबन्धनले होसियारी अपनाएकाले कुनै दुर्घटना नभएको प्रहरीले समेत जनाएको छ ।