Tuesday, 20th October, 2026
वि.स.
pustakalay-1792211853.jpg

परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक

नेकपा एमालेसँग चुनावी तालमेल सहित ३ बुँदे सहमतिका साथ निर्वाचनमा सामेल भएको नेपाल परिवार दल र एमाले नेता कार्यकर्ताबिच मकवानपुरमा संयुक्त बैठक भएको छ ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष एवं जिल्ला निर्वाचन परिचालन समिति संयोजक मुनु सिग्देलको अध्यक्षतामा संयुक्त बैठक भएको हो । बैठकले दुबै दल चुनावी प्रचारप्रसारमा संयुक्त रुपमा सहभागी हुने, सहयोग तथा सहकार्यका साथ सक्रिय रुपमा सहभागी हुने बारेमा छलफल भएको बताइएको छ । साथै बाम गठबन्धनलाई जिताउनका लागि यथासक्दो सहयोगका लागि चुनावी अभियानमा लाग्ने समेत बैठकले निर्णय गरेको छ ।

बैठकमा एमालेकी मकवानपुर जिल्ला अध्यक्ष सिग्देल सहित नेपाल परिवार दलका जिल्ला अध्यक्ष सानु मोक्तान, जिल्ला सचिव हरि लोप्चन, वरिष्ठ उपाध्यक्ष लोकेन्द्र सुर्खेती, उपाध्यक्ष मायादेवी ढकाल, कोषाध्यक्ष कृष्णहरि ढुङ्गाना, सल्लाहकार उद्धवराज कठायत, नेकपा एमालेका प्रदेशसभा उम्मेदवार डोरमणि पौडेल सहित  जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg