nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार शिवकुमार काशीले प्रल्हाद लामिछानेलाई के भने ?

आदरणीय प्रल्हाद लामिछाने दाजु
समाजवादी हार्दिक अभिभावदन

यतिखेर तपाईको अनुहार निकै सम्झिरहेको छु । जनयुद्ध सफल भएर शान्तिपूर्ण बाटोमा आएका बखत हेटौँडा साप्ताहिकमा तपाईको अन्तरवार्ता छाप्न पाउँदा बडो खुसी लागेको थियो । एकजना पढेका, युद्ध लडेका, गरिव, विपन्न, सर्वहाराज, मजदुर श्रमिक सबैको कथा ब्यथा बुझेका युवा राजनीतिको मूल धारमा आउँदा अर्का कुन जुनियर युवा खुसी हुन्न र ? त्यस्ता उर्जाशील युवाले बोकेका सपनाहरु, समाज रुपान्तरणको अबधारणहरु बोकेर आउँदा म औधी खुसी थिएँ । त्यसपछि तपाई आफ्नो कर्ममा, म आफ्नो कर्ममा रमाईरहेँ । २०६४ सालको संविधानसभाको निर्बाचनमा तपाई सांसद÷सभासद बन्नुभयो । जित्नुभयो । आफूले आस्था राखेको पार्टीले हार्दा पनि मन खिन्न खासै भएन, किनकी एकजना माक्र्सवादी स्कुलका विद्यार्थीले जिते भन्ने लाग्यो ।

यो बीचमा पुँजीवादीहरुको खेल निकै चर्काे भयो । देशको स्वाधीनता रक्षा, राष्ट्र र राष्ट्रियता अनि जनजीविकाको पक्षमा अक्सर माक्र्सवादीहरु लाग्छन् । सके भौतिक रुपमै जमेर डट्छन् । नसके कम्तीमा अन्तर्यमा त्यो कुरा बिर्सँदैनन् भन्ने लाग्छ । नयाँ संविधान निर्माणसँगै डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँशक्तितिर तपाई लाग्नु भयो । सायद नयाँ नेपालको भिजन थियो । र, एकछत्र प्रचण्डको नेतृत्व मन पनि परेको थिएन हो । नयाँशक्तितिर लाग्नुभयो, मुभमेन्ट पनि जिल्लामा राम्रै ल्याउनुभयो । तर, एकाएक स्थानीय तहको निर्वाचनताका फेरि तपाईको पार्टीबाट मूलधारमै पूर्व सभासदहरुसहित धेरै नै मानिसहरु फर्किए । गलत हुँदाहुँदै पनि काँग्रेससँगको गठबन्धन त्यतिखेरको आवश्यकता ठानिएछ । माओवादीले जिल्लामा केही न केही रुपमा शाख बचायो, गठबन्धनमार्फत । तर नयाँशक्ति लज्जास्पद बन्यो । यद्यपि जिल्लामा २५ सय मत नयाँशक्तिको देखियो ।

अहिले प्रदेश र केन्द्रको चुनाव हुँदैछ । तपाई र म बीच १५ मिनेटजति लामो कुराकानी भयो । तपाइको चिन्तामा मैले हो मा हो लगाएँ । गठबन्धन बामपन्थीको राम्रो छ । हुनुपर्ने पनि त्यही हो भन्नेमा हाम्रो एकमत रह्यो । तर, डाक्टर भट्टराईले किन गठबन्धनमा गए, किन फर्किए भन्ने कुराका जबाफ तपाईहरुलाई दिनुपर्छ भनेर मैले तपाईलाई भनेकै हुँ । बाम गठबन्धनसँग तपाईहरुले जिल्लामा एक सिट माग्नुभयो, त्यो सम्भव भएन । सम्भव थिएन । लोकतान्त्रिक भनिएको पुराना शक्तिहरुको गठबन्धनले पनि तपाईहरुलाई अल्मल्याई मात्र रह्यो । र, तपाईहरु अर्थात नयाँशक्ति एक्लियो । एक्लै उम्मेदवारी दर्तातिर लाग्नुभयो ।

हिँजो मात्र सुनेँ, तपाईको उम्मेदवारी क्षेत्र नं १ मा दर्ता भएर चुनावी प्रचारमा लागिरहँदा एकाएक स्थगन भयो । तपाईको उम्मेदवारी स्थगन अत्यत्नै जायज हो । किनकी लज्जास्पद हार खाएर जिल्लामा एउटा हाइट बनाउनुभएको तपाईको हैसियत पानीमा मिल्ने अबस्था थियो । त्यो राम्रो कुरा हो । यहाँ उल्लेख गर्न चाहेको अर्काे बिषय चाहिँ तपाईहरुको समर्थनको हो । जुन कुरा मैले पृष्ठ भूमिमा लेखेको भन्दा नितान्त फरक छ । कसले हार्ला, जित्ला प्राविधिक कुरा हो । तर, तपाईले जनयुद्ध लडेर जनताको जनजीविका सहज बनाउने, सर्वहारालाई मूलधारमा ल्याउने, गरिवी घटनाएर वर्गीय समानता कायम गर्ने सपनाहरुलाई समेत कुठाराघात गरेर जन आन्दोलन दबाउने कमल थापालाई समर्थन गरेको भन्ने सुनेँ । यो कुराले यी सब शब्दहरु लेख्न मलाई बाध्य बनायो । नयाँशक्तिले पुरानो शक्तिलाई समर्थन नगरेको भए हुन्थ्यो । पुरानो पनि यस्तो पुरानो कि, टिसिएनको जर्ना बोक्ने मोडलका गाडीसँग तपाईले मितेरी लाउनु भयो । कम्तीमा अपडेटेड भर्सनसँग दोस्ती गरेको भए म यो लेख्न बाध्य हुने थिइँन । यो कुराले तपाईको कद घटाएको छ । जिल्लामा अबसर पाउँदा केही गर्न सक्ने नेता भनेर चिनिएका तपाईको हाइट घट्दा मेरो र मजस्तै केही युवाहरुको मन फाटेको कुरा यहाँ उल्लेख गर्न चाहन्छु । भेट्दा पनि गफगाफ टन्नै हुने नै छन् ।

अन्तमा, तपाईजत्तिको मान्छेले यति बुझिदिन आग्रह गर्छु कि, हामी एउटा इतिहाँस रच्ने मैदानमा उत्रिएका छौँ । नेपाली राजनीति उत्रिएको छ । नेपाली माक्र्सवादी आन्दोलनमा प्राय ठूला भनिएका सबै शक्तिहरु एकै ठाउँ भएका छन् । पुराना शक्तिहरु अर्कातिर लागेको स्पष्ट नै छ । राजनीतिले गम्भीर प्रसव बेदना सहिरहेको यो अबस्थामा तपाईले आफ्नो राजनीतिक भविष्य, आगामी राजनीतिक यात्रा तथा माथि उल्लेखित केही कुराहरु साकार पार्नका लागि भएपनि बरु बाम गठबन्धनमा समाहित भएर अघि बढ्नका लागि हार्दिक अनुरोध गर्दछु । साथै, नयाँशक्तिमा गएकै कारण अथवा मूलधारमा नरहेकै कारण उहाँलाई कुनै पनि भेदभाव नगरीकन गठबन्धनमा सम्हालेर राख्न, उनीसँग भएको क्षमताको अधिकतम् उपयोग गर्नका लागि पनि बाम गठबन्धनका नेताहरुलाई समेत आग्रह गर्दछु ।

उही जे देख्यो, त्यही लेख्ने, लागेको कुरा बोल्ने भाई
शिवकुमार काशी, मनहरी
प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य

 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)