Thursday, 27th August, 2026
वि.स.

पत्रकार महासंघमा नयाँ सदस्यता खुल्यो

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले नयाँ सदस्यता खुलाएको छ । 

यहि ३१ बैशाखमा बसेको बैठकले नयाँ सदस्यता खुलाउने निर्णय गरेको हो । महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सकिनेछ । सदस्य बन्न इच्छुक पत्रकारले ९ जेठसम्म फारम भर्न सक्नेछन् ।

सदस्यताको टुंगो पत्रकार महासंघको कार्य समिति बैठकले लगाउनेछ । फारम पत्रकार महासंघको वेभसाइट वा पत्रकार महासंघ मकवानपुरमा सम्पर्क गरी लिन सकिनेछ । 

निवेदन दिन आवश्यक कागजातहरु:
१) १२ कक्षा पासको प्रमाणपत्र
२) काम गर्दै आएको मिडिया हाउसको सिफारिस÷नियुक्तिपत्र
३) काम गर्दै आएको प्रमाण (समाचार कटिङ अथवा कार्यक्रम/समाचारको क्लिप)
४) तलब बुझेको प्रमाणको फोटोकपी
५) नागरिकताको फोटोकपी, २ प्रति फोटो र नयाँ सदस्यता सम्बन्धि फारम
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif