nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पत्रकार महासंघमा नयाँ सदस्यता खुल्यो

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले नयाँ सदस्यता खुलाएको छ । 

यहि ३१ बैशाखमा बसेको बैठकले नयाँ सदस्यता खुलाउने निर्णय गरेको हो । महासंघको विधान अनुसार १२ कक्षा पास भै नियमित रुपमा मिडियामा काम गर्दै आएका सञ्चारकर्मीले आवश्यक कागजपत्रसहित फारम भर्न सकिनेछ । सदस्य बन्न इच्छुक पत्रकारले ९ जेठसम्म फारम भर्न सक्नेछन् ।

सदस्यताको टुंगो पत्रकार महासंघको कार्य समिति बैठकले लगाउनेछ । फारम पत्रकार महासंघको वेभसाइट वा पत्रकार महासंघ मकवानपुरमा सम्पर्क गरी लिन सकिनेछ । 

निवेदन दिन आवश्यक कागजातहरु:
१) १२ कक्षा पासको प्रमाणपत्र
२) काम गर्दै आएको मिडिया हाउसको सिफारिस÷नियुक्तिपत्र
३) काम गर्दै आएको प्रमाण (समाचार कटिङ अथवा कार्यक्रम/समाचारको क्लिप)
४) तलब बुझेको प्रमाणको फोटोकपी
५) नागरिकताको फोटोकपी, २ प्रति फोटो र नयाँ सदस्यता सम्बन्धि फारम
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)