nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

पञ्चायतको भुत चढेर लोकतन्त्र जोगिदैंन : खतिवडा

प्रतिनिधिसभा क्षेत्र नम्बर २ का वानगठबन्धनका उम्मेदवार बिरोध खतिवडाले पञ्चायतको भुत चढेर लोकतन्त्र जोगाउछु भन्नेहरुले लोकतन्त्रको खिल्ली उडाएको बताएकाछन् । १३ मंसिरमा चित्लाङ र बज्रबाराहिमा भएको चुनाबीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका ह्न् । उनले वामपञ्थीहरुले बालेको कुरा ढुंगाको अक्षर भएकोले पुरा गर्ने बताउदै घोषणापत्रमा उल्लेख भएका कार्यहरु गर्ने बचन ब्यक्त गरे । उनले भने–“आफुलाई लोकतन्त्रको ठेकेदार ठान्ने काँग्रेस पञ्चायतको भुत चढेर लोकतन्त्र जोगाउछु भन्दै आएको छ, जुन सम्भब छैन ।”

कार्यक्रममा बोल्दै प्रदेशसभा क्षेत्र नं २ की उम्मेदवार कुमारी मोक्तानले हिजो लोकतन्त्र र गणतन्त्रको लागी भएको जनआन्दोलन दबाउनेहरुले आज लोकतन्त्रको रक्षक नै आफुलाई दाबी गर्दै भोट माग्नुले उनिहरुको द्धय चरित्र प्रष्ट भएको बताए । उनले मकवानपुरे विकासमा काँग्रेसको भुमिका न्युन रहेको बताउदै आफुले् जिते कृषी आधुनिकिकरणदेखी खानेपानी र शिक्षामा उल्लेख्य कार्य गर्ने बताए । 

कार्यक्रममा थाहानगर प्रमुख लबशेर बिष्ट, वामगडबन्धनका नेताहरु कल्पना बलामी, सुभाष ठकुरी, अरुण रायमाझी, महेश बर्तौला, देबराज रिमाल लगाएतको आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)