nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेमकिपाकी सिर्जना सैंजु बनिन् एक्ली समानुपातिक सांसद्

नेपाल मजदुर किसान पार्टीले प्रदेश नम्बर ३ मा समानुपातिकतर्फ पाएको एक मात्र सिटमा विद्यार्थी नेतृ सिर्जना सैंजुलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई सिफारिस गरेको छ । पार्टीको भातृ संगठन क्रान्तिकारी विदार्थी संघ र आस्था सांस्कृतिक परिवारमा आबद्ध सैंजु पार्टीको सामान्य कार्यकर्ता हुन् । नेमकिपाले समानुपातिकबाट यसअघि पनि युवा महिलालाई सभासद् बनाएको थियो ।

यसपटक नेमकिपाले प्रतिनिधिसभामा थ्रेसहोल्ड कटाउन सकेन ।

सात प्रदेशमध्ये ३ नम्बरमा मात्र नेमकिपाले समानुपातिकमा एक सिट पाएको थियो । सो सिटमा सभासद् बनेकी सैंजु २७ वर्षीय युवती हुन् । नेमकिपाले प्रत्यक्षतर्फ भक्तपुर १ मा एक सिट जितेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)