nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ थाहानगरको अध्यक्षमा स्याङ्तान

Lokatantrik-1504574794.jpg

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ थाहानगरको प्रथम नगर अधिवेशन थाहा नगरमा आइतबार सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले पूर्व जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश नं ३ कमिटी सदस्य रामेश्वर रानाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा एमालेको भातृ संगठन नेपाल लोकतान्त्रिक आदिबासि जनजाति महासंघ थाहा नगर कमिटीसमेत  गठन भएको छ । अधिबेशनले बीरमान स्याङ्तानको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी चयन गरेको हो । 

समितिमा सचिव डेनी श्रेष्ट,सहसचिव पुजा लामा,कोषाध्यक्ष सुनिता दोङ सहित नगरको १२ वटै वडाका सक्रिय सदस्य रहेका छन् । नेपाल लोकतात्रिक आदिवासी जनजाति महासंघ जिल्ला कमिटी सदस्य तथा थाहा नगर ईन्चार्ज कल्पना बलामीको सभाअध्यक्षता रहेको अधिबेशनबाट १५ सदस्यीय लोकतान्त्रिक तमाङ संघ थाहा नगर कमिटि पनि गठन भएको छ । चन्द्र बाहदुर बलको अध्यक्षतामा गठित समितिको उपाध्यक्ष मिनबहादुर थोकर, कोषाध्यक्ष बुद्धिमाया घलान, सचिव तारा स्याङतान, उपसचिव हेमबहादुर घलान रहेका छन् । 

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि रानाले नेपाल लोकतान्त्रिक आदिबासि जनजाति महासंघले घर्म संस्कृति, संस्कार र मौलिकपनको पहिचानसंगै राजनीतिक तथा सामाजिक अधिकारका लागि एमालेलाई बलियो बनाउनु पर्ने बताए । उनले सुखी नेपाली सम्बृद्ध नेपालको धारणालाई मजबुत बनाउदै अघि बढ्न कार्यकर्ताहरुलाई सुझाव दिए । 

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदस्य महेश्वर सुबेदी, नेपाल लोकतान्त्रिक आदिवासि जनजाति महासंघका केन्द्रीय सचिब रामचन्द्र बल, नेपाल आदिबासि जनजाति महासंघ केन्द्रिय सदस्य मिना लामा, नेकपा एमाले जिल्ला कमिटि सदस्य गौतम बुद्ध लामा, एमाले २ नं क्षेत्रीय सचिव बिमल कुमार ढकाल लगायतले बोलेका थिए ।