nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाल कम्युनिष्ट पार्टीद्वारा रजैयामा दीप प्रज्वलन

32965901_1346288422139274-1526897943.jpg

मनहरी गाउँपालिकाको केन्द्र रजैया चोकमा नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले दीप प्रज्वलन गरेका छन् । 

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एक भई नेपाल कम्युनिष्ट पार्टी बनेको खुसीयालीमा उनीहरुले मैनबत्ती प्रज्वलन गरी खुसी ब्यक्त गरेका हुन् । सो अबसरमा सहभागीहरुलाई चकलेट बाँडेर खुसी साँटासाँट गरिएको थियो । 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता एबम् ३ नं प्रदेश सांसद ओमबहादुर घलान प्रदीपले अब राजनीतिक स्थायित्व प्राप्त भएकाले यो बेला आर्थिक सम्बृद्धिबाहेक अन्यत्र नसोच्न नेतृत्वलाई ध्यानाकर्षण गराए । त्यसैगरी खुसीयालीलाई सम्बृद्धिसँग जोडेर अघि बढ्नका लागि उनले आग्रह गरे । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता एकराज उप्रेतीले पनि मन्तब्य ब्यक्त गर्दै आर्थिक सम्बृद्धि र जनताको मुहारमा खुसी ल्याउने अबसर आएकाले इमान्दारिताका साथ काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 

कार्यक्रममा पूर्व सांसद राजाराम स्याङ्तान, नेताहरु रामहरि सुबेदी, रामप्रसाद कालाखेती, नवराज सुवेदी, सञ्जीव पाठक, हेमलाल उप्रेती लगायतको सहभागिता रहेको थियो ।