nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वास प्रस्ताव टेबल नहुने

dormani-1611129762.jpg

वागमती प्रदेशको प्रदेशसभाको बुधबारको बैठक सहज रुपमा अघि बढाउन दलहरु सहमत भएका छन् । बैठक दिउँसो ३ बजे बस्दैछ ।  प्रदेशसभा बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आजको बैठक सहमतिमै अगाडि बढाउने सहमति जुटाएको हो ।

बुधबारको बैठकमा दलका नेताहरुले शुभकामना मन्तव्य दिने बाहेक अरु कार्यसूची नराखिएको सांसद विशाल खड्काले  जनाकारी दिए ।  उनका अनुसार आजको बैठकमा नेकपा संसदीय दलको प्रमुख नेताका रुपमा अष्टलक्ष्मी शाक्य र मुख्यमन्त्रीका रुपमा डोरमणि पौडेलले सम्बोधन गर्नेछन् ।

बुधबारको बैठकमा अविश्वासको प्रस्ताव टेवल नहुने भएको छ । अविश्वास प्रस्ताव कसरी पेश गर्ने भन्ने विषयमा छलफल गर्न गठित नौ सदस्यीय कार्यदलको बैठक बुधबार बेलुका बसेर छलफल गर्ने प्रदेशसभा सदस्य खड्काले जानकारी दिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)