Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाली काँग्रेस थाहानगर १० नम्बर वडा समितिद्वारा मास्क सहयोग

Congress-1588163029.jpg

नेपाली काँग्रेस थाहानगर १० नम्बर वडा समितिले ३ सय थान मास्क सहयोग गरेको छ । काँग्रेस मकवानपुर महासमिति सदस्य दिनेश उपाध्ययले वडा समितिलाई उपलब्ध गराएको कपडाको मास्क टौखेल शहरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको हो । 

काँग्रेस १० नम्बर वडा समिति सभापति दिपक गोपालीले एक कार्यक्रमका बीच वडा अध्यक्ष तथा स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर गमाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा १० नम्बर वडा सदस्य रामकृष्ण गमाल, टौखेल शहरी स्वास्थ्य केन्द्र प्रमुख जोकमान बलामी, काँग्रेस नेता कर्ण गोपालीलगायतकाको उपस्थिती रहेको थियो । 

मास्क हस्तान्तरण गर्दे ।

सहयोग सामाग्री पाएपछि सहयोगीलाई धन्यवाद दिइएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०