Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेपाली काँग्रेस थाहानगर भेला

नेपाली काँग्रेस थाहानगर समितिको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । थाहा नगरपालिका वडा नं. ६ का ९ वैशाखमा साधारण सभा भएको हो । सम्मेलनको अवसरमा कार्यकर्ता प्रशिक्षण पनि गरिएको छ । नेपाली काँग्रेस थाहानगर समितिका सभापति योगेन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपानेको विशेष आतिथ्यमा भएको थियो । कार्यक्रममा काँग्रेस जिल्ला सचिब बुद्ध लामा, काँग्रेस नेताहरु आनन्द कठायत, खड्ग गोपाली, कृष्णभक्त श्रेष्ठ, भिम बहादुर भम्जन, भिमसेन महत यतिराज सापकोटा, दिनेश उपाध्याय भरत पराजुली जयराम लामीछाने, राजेन्द्र ििवडारी, इश्वर पौडेल, भरत लामा, रमेश रौनियार इश्वर पाठकलगायतकाको आतिथ्य रहेको थियो ।


https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०