Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा स्थायी कमिटी बैठक पुस १ गते सम्म स्थगित

m-1607847569.jpg

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।

 नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।  अर्को बैठक पुस १ गते १ बजे बस्ने छ। 

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।संसद र पार्टी कमिटीहरुमा हुँदै आएको प्रचलनअनुसार नै आजको बैठक स्थगित भएको श्रेष्ठले बताए। 

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० बीच सचिवालय बैठकमा आरोप–प्रत्यारोप ‍चलेपछि पार्टी विवाद स्थायी कमिटीमा पुगेको छ।

यसअघि मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका थिएनन्। उनले स्थायी कमिटीमा पत्र पठाउँदै आफ्नो विवेक प्रयोग गर्न स्थायी कमिटी सदस्यहरूलाई आग्रह समेत गरेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको आरोप पत्रमाथि हुने छलफलमा भाग लिन नसक्ने समेत उनले पत्रमा उल्लेख गरेका थिए।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०