Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा सचिवालय बैठक बालुवाटार जारी

nekapa-sachiwalaya-1606551009.jpg

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालय बैठक बालुवाटारमा जारी छ । दश दिनपछि सचिवालय बैठक बालुवाटारमा बसेको हो ।

बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ प्रस्ताव पेस गर्दैछन् । गएको कात्तिक २८ मा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव पेस गरेका थिए । प्रचण्डको प्रस्तावमा उठाइएको प्रश्नहरुको जवाफ आजको बैठकमा ओलीले पेस गर्दैछन् ।

प्रचण्डले पेस गरेको १९ पृष्ठको प्रतिवेदनप्रति असन्तुष्ट ओलीले त्यसको जवाफमा दिने भन्दै दश दिनको समय मागेका थिए । नेकपाको स्थायी कमिटी बैठक मंसिर १८ र केन्द्रीय कमिटी बैठक मंसिर २५ मा बोलाइएको छ ।