Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा संसदिय दलको निर्णय : प्रदेश ३ को नाम बाग्मती, राजधानी हेटौँडा

Samsadiya-dal-1578647030.jpg

नेकपा प्रदेश नं. ३ को संसदिय दलको बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ । गएको ५ दिनदिख लगातार बसेको संसदिय समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा सबै सांसदको विचार सुनेर मात्रै निर्णय लिएकाले अब विरोध भएपनि सहमतिमा नै नाम र राजधानी पारित हुने नेकपा ३ नम्बरकी इन्चार्ज अष्टलक्ष्मी शाक्यले हिमाललाई बताइन् । "सबैको भावना र विचार सुन्न भनेरै हामी ५ दिन लामो बैठक राखेका थियौँ", शाक्यले भनिन्, "सबैले आफूलाई लागेको विचारहरु राख्नुभयो । हामीले पार्टी केन्द्रको निर्णय र दृघकालिन हिसाबले हेर्दा के सहज पर्छ भनेर छलफल गर्दा यो निर्णयमा पुग्यौँ ।"

उनले मतदान भए पार्टीले सांसदहरुलाई ह्विप जारी गर्ने भन्ने हल्लामा सत्यता नरहेको स्पष्ट पारिन् । "लामो छलफल पछि पार्टी सचिवालयले पनि निर्णय गरेर पठाएको थियो, हामीले पनि प्रयाप्त छलफल गर्‍यौँ", उनले भनिन्, " त्यसमा विभिन्न खालका विचारहरु आएका अवश्य हुन् । तर हामीले सबैका कुरा सुन्ने र निर्णय लिने काम गरेका छौँ ।"

उनले लोकतन्त्रमा कसैले कसैलाई ह्विप जारी गर्न नमिल्ने र नसक्ने बताइन् । सबैले बोल्न पाउनुपर्छ, असहमति हुन सक्छन् । सबैले आ-आफ्ना असहमति राखे पनि पार्टीले भनेको निर्णय मान्नु नै पर्ने धारणा उनले राखिन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)