Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा विभाजनलाई निर्वाचन आयोगले मान्यता दिएन

Nirwacha-1611504370.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनमा नयाँ ट्वीस्ट आएको छ । निर्वाचन आयोगले दुवै पक्षको मागदावीलाई अस्वीकार गर्दै विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ ।

११ माघमा बसेको आयोगको बैठकले सो निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनले भने, ‘दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन सक्ने देखिएन । आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ । आयोगको निर्णयपछि अब दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा महासचिव विष्णु पौडेल नेकपाको कागजी नेतृत्वमा कायम रहेका छन् ।

ओली नेतृत्वको नेकपाले अहिलेसम्म प्रचण्डलाई अध्यक्षबाट हटाएको थिएन भने प्रचण्ड–माधव पक्षले ओलीलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय ११ माघमै गरेका छन् । तर, निर्वाचन आयोगको निर्णयले दुवै पक्षसामु नयाँ अन्योल खडा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपामा विभाजन देखिएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०