nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको विस्तारित बैठक : खतिवडा र मोक्तानद्वारा सम्बोधन

cpn-mc-thaha-meeting-13-k-1667191122.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगर कमिटीको विस्तारित बैठकमा एकीकृत समाजवादीका स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विरोध खतिवडाले सम्बोधन गरेका छन् ।

माओवादी केन्द्रको समेत समर्थनमा उम्मेदवार रहेका खतिवडाले बैठकमा आफूले प्रचारको लागि भन्दा पनि साँचो विकासको लागि प्रतिबद्ध भएर काम गरेको दावी गरे । नेता खतिवडाले केपी ओलीको प्रतिगमन विरुद्घ एक भर लड्नका लागि विगतमा परिवर्तनका आन्दोलनमा संगै भएका दलहरुका बीचमा गठबन्धन भएको बताए ।

नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा  (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायत अग्रगमनकारी गठबन्धन र राजतन्त्रवादी, देश विखण्डन गर्न खोज्ने दलसंग केपी ओली नेतृत्वको एमालेको प्रतिगमनकारी गठबन्धनबीच अहिले चुनाव हुन लागेको उम्मेदवार खतिवडाले बताए । आफू गठबन्धनको साझा उम्मेद्वार भएकाले चुनाव जिताउने मिसनमा निर्धक्कले लाग्न बैठकमा उनले आग्रह गरे ।

यस्तै, नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज एवं प्रदेश सभा मकवानपुर २ (क) की  उम्मेद्वार कुमारी मोक्तानले आफूले जनहित विपरित कुनै काम नगर्ने दावी गरिन् ।

उम्मेदवार मोक्तानले जनभावना अनुसार संस्थागत रुपमा योजना बनाई विकासका योजना ल्याउने बताइन् । उनले लामो संघर्षका कारण व्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह पनि गरिन् ।

मोक्तानले यस क्षेत्रको विकासको लागि आफू सधैं दत्तचित भएर लागेको स्मरण गराउँदै अबको दिनमा गुरुयोजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । मोक्तानले राजनीतिक हिसाबले स्वाभिमानी र एजेन्डाको हिसाबले सही  उम्मेद्वार गठबन्धनमा भएकाले इमान्दार भएर मतदान गरी विजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध पनि गरिन् ।

नेकपा (माओवादी केन्द्र) थाहा नगर अध्यक्ष विनोद कुमार लामाको अध्यक्षतामा भएको विस्तारित बैठकमा, माओवादी केन्द्रका केन्द्रिय सदस्य प्रल्हाद लामिछाने, प्रदेश कमिटी सचिवालय सदस्य बिष्णु बिष्ट, प्रदेश कमिटी सदस्य ज्योति रायमाझी, लवशेर विष्ट, इन्द्रबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति संयोजक शर्केश घलान लगायतको आतिथ्यता  थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)