nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा माओवादीका मकवानपुर इन्चार्ज पक्राउ

jwalaMAK-1498565470.jpg

नेकपा विप्लव समूहका मकवानपुर जिल्ला इन्चार्ज ज्वाला र मजदुर नेता सोम घलान पक्राउ परेका छन् । उनीहरुलाई मकवानपुर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी बामदेव गौतमले उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

स्थानीय तहको निर्वाचन खारेज अभियान चलाइरहेको नेकपालाई सरकारले उच्च निगरानी गरिरहेकोे छ । ज्वाला पक्राउ भए लगत्तै नेकपाका जिल्ला सेक्र्रेटरी राम घलान ‘वाटर’ले बिना कारण आफ्नो नेता कार्यकर्ता प्रहरीले समातेर राम्रो काम नगरेको प्रतिक्रिया दिएका छन् । उनले तुरन्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् ।