Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा मकवानपुरले सचिवालयको टुंगो लगायो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले जिल्ला सचिवालय र स्थानीय तहको टुंगो लगाएको छ ।  पार्टीको शनिबार बसेको जिल्ला कमिटि वैठकले ४८ जनालाई सचिवालय सदस्य तोकेको हो । तत्कालिन माओवादी केन्द्र र तत्कालिन एमालेका पहिलेको जिल्ला सचिवालय सदस्यलाई घटाएर ४८ सदस्य बनाइएको नेकपा जिल्ला सचिवालय सदस्य नविन सिग्देलले बताए ।
  
सचिवालय सदस्यमा २६ जना तत्कालिन नेकपा एमालेका तर्फबाट र २२ जना तत्कालिन माओवादीका तर्फबाट तोकिएको छ । तत्कालिन एमालेका ३४ जनाको जिल्ला सचिवालय सदस्य रहेको थियो भने माओवादीका ३३ जनाको जिल्ला सचिवालय रहेको थियो ।

बैठकले स्थानीय तह कमिटि भदौं मसान्तभित्र टुंगो लगाउने निर्णय भएको छ । दशवटै स्थानीय तहमा तत्कालिन एमाले र माओवादीका अध्यक्ष र सचिव रहने बिषयमा भाग लगाइएको छ । एमालेले हेटौंडा उपमहानगरपालिका, बकैया, इन्द्रसरोवर, भिमफेदी, कैलाश र गढी गाउँपालिकामा गरी एमालेले ६ वटा स्थानिय तहमामा अध्यक्ष पाउने भएको छ भने माओवादीले थाहानगरपालिका, बागमती गाउँपालिका, मनहरी गाउँपालिका र राक्सीराङ गाउँपालिकामा गरी ४ स्थानीय तहमा स्थानीय अध्यक्ष पाउने भएको छ ।  

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला इन्चार्ज विरोध खतिवडा, केन्द्रीय एवं प्रदेश नम्बर ३ का मुख्यमन्त्री, डोरमणि पौडेल, जिल्ला सह–इन्चार्ज, रामेश्वर राना लगायतको सहभागिता रहेको थियो ।