nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा भित्रको यि हुन् तीन महिला जिल्ला अध्यक्ष

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कमिटिहरुको नेतृत्व टुंग्गिएको छ । ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवस तथा लेनिन दिवसको अवसर पारेर जिल्ला कमिटिहरुको एकता घोषणा गरिएको हो ।

घोषणा गरिएको जिल्ला कमिटि अध्यक्षहरुमा तीन जना मात्रै महिला परेका छन् । तत्कालिन नेकपा (एमाले)बाट मकवानपुरकी एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, तत्कालि माओवादी केन्द्रबाट लमजुङकी मधु अधिकारी र काभ्रेपलाञ्चोकी रूकु चौलागाईंले अध्यक्षको जिम्मेवारी पाएकी छिन् ।

७७ वटा जिल्ला कमिटि मध्ये ३ वटा मात्रै जिल्लामा महिलाले जिल्ला हाक्ने अवसर पाएका छन् । हरेक पार्टीको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी प्राबधान छ । तर, नेकपाको केन्द्रीय समितिमा पनि ३३ प्रतिशत पुगेको छैन ।

मकवानपुरकी सिग्देल तत्कालिन नेकपा ९एमाले०की अध्यक्ष हुन् । एमालेको १० औं जिल्ला अधिवेशनमा उनले रघुनाथ खुलाललाई हराउँदै अध्यक्ष भएकी थिइन् । उनी तीन नम्बर प्रदेशसभाका सदस्य समेत छिन् । त्यसो त उनको अर्को पनि परिचय छ । उनी सांसद विरोध खतिवडाकी श्रीमति र मिस नेपाल श्रृङ्खला खतिवडाकी आमा हुन् ।

लमजुङकी अधिकारी तत्कालीन माओवादी केन्द्रकी जिल्ला संयोजक थिइन् । हाल उनी गण्डकी प्रदेशको प्रदेश सांसदसमेत छिन् । काभ्रेकी चौलागाई जनयुद्धकालदेखि सक्रिय नेतृ हुन् । माओवादी विभाजन हुँदा मोहन बैद्य ९किरण० समूहमा लागिन् । पछि रामबहादुर थापा ‘बादल’ सँगै फर्के पछि माओवादी केन्द्र काभ्रेको जिल्ला संयोजक बनिन् ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)