Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा प्रवक्ता श्रेष्ठ थाहानगर आउने

नेपाल कम्युनिष्ट पाटी (नेकपा) थाहानगर कमिटिको वडाका पदाअधिकारीहरुका लागि सपथ तथा प्रशिक्षण कार्यक्रम १९ पौषमा हुने भएको छ । 

तत्कालिन एमाले र माओवादी पार्टी एकीकरणपछि गठन भएको नेकपा थाहानगरका वडा कमिटिका पदाअधिकारीहरुलाई सपथ तथा प्रशिक्षण हुने भएको हो । कार्यक्रम पालुङ जेसीज सभाहलमा हुने भएको छ । 

सपथ कार्यक्रममा प्रमुख अतिथी नेकपाका प्रवक्ता तथा नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ थाहा नगर आउने भएका छन् । कार्यक्रमका लागि नेकपाका नेताहरु अनन्त पौडेल, बलराम बललगायत जिल्ला तथा केन्द्रका नेताहरु भने थाहानगर आइसकेका छन् । 

सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा वडा कमिटिका सबै पदाअधिकारीहरुलाई सहभागी हुन नगर सचिव सानुकाजी गोपालीले अनुरोध गरेका छन् । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)