Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा प्रदेश तीनको संगठन विभाग प्रमुखमा पौडेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंबर ३ को संगठन विभाग प्रमुखमा नेकपा मकवानपुरका नेता अनन्त पौडेल चयन भएका छन् । संविधानसभा सदस्य समेत भैसकेका नेता पौडेललाई प्रदेश तीन कमिटिको बैठकले पौडेललाई संगठन विभाग प्रमुखमा चयन गरेको छ ।

नेता पौडेल तत्कालिन नेकपा एमालेका नारायणी अञ्चल कमिटि सचिव समेत भैसकेका छन् । बैठकले मकवानपुरका नेताहरु कृष्णप्रसाद दाहाल, रामचन्द्र राई, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, सचिव प्रेमबहादुर पुलामी तथा नेता विष्णु विष्टलाई प्रदेश सचिवालयमा चयन गरेको छ ।