Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगर १० नम्बर वडा कमिटिमा बस्नेतको नेतृत्व

नेकपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहा नगरपालिका १० नम्बर वडा कमिटिको अध्यक्षमा बिनोद कुमार बस्नेत चयन भएका छन् । भेलाले सचीवमा मोतीराम गमाललाई चयन भएका छन् । 

होटल विश्राम एण्ड अर्गानिक फार्मस्टे टौखेलमा सम्पन्न भेला नेकपा प्रदेश सचिवालयका सदस्य बिष्णु बिष्ट (आदर्श) को प्रमुख आतिथ्यमा भएको थियो । भेलाको सभाध्यक्षता १० नम्बर वडा अध्यक्ष हिरा बहादुर गमालको सभाध्यक्षतामा भएको थियो । 

कार्यक्रममा नेकपा मकवानपुर जिल्ला कमिटि सदस्य बुद्धरत्न मानन्धर, तारा स्याङ्तान, विनायक गोले, लक्ष्मण बिष्ट, थाहानगर कमिटी अध्यक्ष अरुण रायमाझी, नगर सचिव सानुकाजी गोपाली उपस्थिति रहेको थियो । कार्यक्रम सिम्रन खड्का (बस्नेत) ले संचालन गरेकी थिईन । गठित वडा कमिटिमा २९ सदस्य रहेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०