nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 13th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहानगरले स्थानीय विकासको खाका बनाउँछ [अन्तरवार्ता]

मकवानपुर थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । जिल्लास्तरमा पार्टी नेतृत्व तथा जिल्ला कमिटिले पूर्णता पाएसंगै मकवानपुरका स्थानीय तहहरुले पनि पूर्णता पाउँदै गएका छन् । यसै सन्दर्भमा नेकपा  थाहानगरका अध्यक्ष अरुण रायमाझीसंग हामीले पार्टीको आगमि गतिविधिको विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, अध्यक्ष रायमाझीसंगको कुराकानीः – 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिले पूर्णता पाएको छ, अब पार्टीले नयाँ काम के गर्छ ?

    – पहिलो कुरा त पार्टीको संगठन विस्तार नै हो । हामीले सपथ लिएसंगै संगठन विस्तार हाम्रो अभिारा पनि हो । नगरको तल्लो तहसम्म हामी संगठन विस्तारमा लाग्छौं । यस बाहेक पार्टीलाई कसरी अन्य पार्टी भन्दा अब्बल बनाउने भन्नेतर्फ हाम्रो ध्यान जान्छ । संगठनात्मक रुपमा बलियो भएपछि नगरमा जुनसुकै काम पनि सहज ढंगले गर्न सकिन्छ भन्ने मान्यताको साथ हामी पार्टीको गतिविधिलाई अघि बढाउँछौं । पार्टीका हरेक

नेकपा  थाहानगरका अध्यक्ष अरुण रायमाझी

क्रियाकलाप नतिजा आधारित भएर अघि बढाउने आम नगरबासीमा जानकारी गराउन चहान्छु । पार्टी हिजो जस्तो छैन, यसको साइज, दायरा र काम गर्ने ठाउँहरु झन फराकिलो भएको छ, तसर्थ हामी जनतालाई आभास हुने किसिमको काम गर्नेमा सबैलाई ढुक्क हुन आग्रह गर्दछु । 

संभवत थाहा नगरपालिकामा अहिलेसम्मकै ठूलो राजनीतिक समिति नेकपाको बन्यो यसले नागरिकमा प्रवाह हुने सन्देश के हो ?
    – ठूलो राजनीतिक समिति बन्दैमा आजको भोलि नै परिवर्तन गर्ने जादुको छडी कोहीसंग पनि हुन्न । नगरबासी तथा पार्टीपंक्तिका साथीहरुले यो बुझ्न आवश्यक छ कि नेकपा भनेको जनताको समस्या नियाल्ने र समाधान गर्ने राजनीतिक दल हो । यो जनताको पार्टी हो । जनतालाई जहिल्यै  सर्वोपरी ठानेर काम गर्ने पार्टी भएकोले हाम्रो सन्देश मुख्यतः यहि जानेछ । हामी जहिल्यै जनताको नजिक हुनेछौं । जनताले भनेको बेलामा भेट्ने देख्ने पार्टी भनेकै नेकपा हो । हामी यहि सन्देशकासाथ अघि बढ्ने छौ । र, आम नागरिकलाई पनि भन्न चाहान्छौं तपाईको दुःख सुन्ने, समस्या सुन्ने र त्यसलाई आफ्नो उत्तरदायित्व ठानेर समस्या समाधान गर्ने पार्टी भनेको नेकपा नै हो । 

राजनीतिक दलको महत्वपूर्ण एजेण्डा विकास हो, यसप्रति नेकपा थाहानगरको नीति कस्तो रहन्छ ?
  – अहिले संघीयता कार्यानवयनसंगै स्थानीय तहहरुले विकासका योजना निर्माण र कार्यान्वयन गरिरहेको छ । यो पनि एउटा राजनीतिक संघर्षपछिको प्रतिफल नै हो । र, पार्टीको विकास नीति पनि यहि हो कि नगरको समग्र विकासका कामलाई पारदर्शी र प्रभावकारी ढंगले कसरी अघि बढाउने भन्नेमै केन्द्रीत रहन्छ । त्यसैले हामी राजनीतिक दल पनि अब विकासको एजेण्डामा कहि न कहिँ जोडिएरै अघि बढ्छौं । नगरका विकास गर्नुपर्ने  कुराहरुलाई प्राथमिकता निर्धारणमा हामी पनि सघाउ पु¥याउँछौं । विकासको खाका तयार गर्छौ । क्रमवद्ध विकासका लागि हामी स्थानीय तह र अन्य विकास साँझेदार सरकारी तथा गैर सरकारी निकायहरुसंग समन्वय गरेर अघि बढ्छौं । त्यसोतः पार्टीको पूर्ण बैठकबाट  थप नीतिगत रुपमा एजेण्डा बनाएर अघि बढ्छौं ।

हिजोको एमाले वा नेकपा माओवादी केन्द्र भन्दा फरक शैली नेकपामा आउला ? 
   – हामी दुई थरीको नीति र कार्यशैलीमा संचालन भैरहेको दुई पार्टी एक भएका छौं । कसैले कुनै पनि ढंगले असहज ठान्नै पर्दैन हामी सबैलाई मिलाएर लैजान्छौं । हरेक काम गराई, नीतिगत रुप, र व्यवहारमा एउटै भएर देखाउँछौं । यो पनि बुझ्नु आवश्यक छ, न पार्टी अब एमाले जस्तो न माओवादी जस्तो यो दुवै अवस्था र कार्यशैली भन्दा फरक शैलीमा पार्टी अघि बढ्छ । त्यो कार्यक्रशैली अनि नीति नेकपाको ब्राण्डका रुपमा आउनेछ ।

नेकपा थाहानगरले पूर्णता पाएसंगै यहाँको संघसंस्था, स्थानीय तहमा कस्तो प्रभाव पर्ला हो ?
  – केही न केही प्रभाव पर्छ नै । राजनीतिक भनेकै यस्तो टूयाक पनि हो रहेछ कि सबै ट्रयाक (संघ, संस्था, निकायहरु)मा जब राम्रो बन्छ पार्टीलाई अब्बल बनाउनमा उत्तिकै मद्दत पुग्छ । त्यसैले नगरस्थित विषयगत समितिहरु, नगरका विभिन्न संघसंस्थाहरु सबैलाई नेकपाले समेट्छ । त्यसबाट आम नागरिकमा परिवर्तनको अनुभू ित गर्नेगरी प्रभाव पर्नेछ । नगरपालिका एउटा विकासको टूयाकमा हिँडिसकेको अवस्था छ । अझ व्यवस्थित तगनृमा पार्टीको भूमिका थप जिम्मेवार ढंगले अघि बढ्छ । 
–धन्यवाद ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)