Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगरमा यस्तो छ, अंक गणितीय भागबण्डा

NKP-1575337858.png

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणाको १७ महिनापछि मकवानपुर थाहा नगरपालिकाको वडा कमिटिहरुको    एकता थालिएको छ । थाहानगर कमिटिमा सहमती जुटेपछि पार्टी एकता वडामा केन्द्रित भएको हो । थाहानगर कमिटिको नेतृत्व तत्कालिन माओवादीले गरेको छ भने सचिव एमालेले पाएको छ । नगरमा कुल ८१ जनाको कमिटिमा एमालेबाट ४१ र माओवादीबाट ४० सदस्य रहेका छन् । पार्टीको नेतृत्व अरुण रायमाझीले सम्हालेका छन् भने सचिव सानुकाजी गोपाली छन् ।

नेकपा थाहानगर कमिटिले नगर कमिटिमा दुई पार्टीका पदाअधिकारीसहित संख्या भागवण्डा लगाएसंगै नगर सचिवालयको संख्या समेत टुङ्गो लागि सकेको सचिव गोपालीले जानकारी      दिए । २७ सदस्यीय नगर सचिवालयमा पूर्व एमालेको तर्फबाट १३ र पूर्व माओदीको तर्फबाट १४ जना रहने भएका छन् । यद्यपि ति संख्या भित्र को–को अट्ने भन्ने नामावली भने सार्वजनिक भएको छैन  । त्यस्तै नगर कार्यालय टिममा पनि संख्या भागबण्डा भैसकेको छ । कार्यालयट टिममा पूर्व एमालेबाट ३ र पूर्व माओवादीबाट २ जना रहने भएकाछन् । 

थाहा नगरपालिकाको १२ वटै वडा कमिटि भाद्र भित्रैमा एकता भई वडा कमिटि गठन हुने अध्यक्ष अरुण रायमाझीले बताए पनि भनेजस्तो हुन सकेन । पार्टी एकीकरणको लागि वडामा ठूलै कसरत गर्न परेको अध्यक्ष रायमाझी बताउँछन् । ‘वडाको भागबण्डा र संख्या करिब सहजै टुङ्गो लाग्यो, संख्या भित्र बस्ने व्यक्ति मिलाउन दुवै पार्टीलाई ठूलै कसरत गर्नु प¥यो’–नगर सचिव सानुकाजी गोपालीले बताए । यो समाचार तयार गर्दासम्म नेकपा थाहानगरको वडा नम्बर ७, ४, ५ र ९ नम्बर वडा कमिटिले पूर्णता पाइसकेको छ । पार्टी एकीकरणका क्रममा थाहानगरको ६÷६ वटा वडा भाग लगाएका छन् । तत्कालिन एमालेको भागमा वडा नम्बर २, ५, ६, १०, ११ र १२ परेको छ भने तत्कालिन माओवादीको भागमा वडा नम्बर १, ३, ४, ७, ८ र ९ नम्बर वडा   परेको छ । वडा विभाजनलाई सरल उपाय अपनाइएको सचिव गोपालीले बताए । स्थानीय तहको निर्वाचनमा जुन वडा जुन पार्टीले जितेको छ उही पार्टीलाई त्यस वडाको नेतृत्व भागमा पर्ने गरी वडा बाँडफाँड भएको छ । थाहामा १२ मध्ये ६/६ वटा वडा दुबै पार्टीले जितेकोले पनि वडा विभाजनमा सहजता भएको नेकपा थाहानगरले जनाएको छ । जिल्ला र स्थानीय तहमा जस्तै थाहानगरका वडा कमिटिहरुले पूर्णता पाउनु पूर्व नै वडा कमिटिहरुको अध्यक्ष र सचिवको भने १२ वटै वडाको टुङ्गो लागि सकेको छ । 

थाहा नगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा हिराकाजी गोपाली सचिवमा देवेन्द्र गोपाली चयन भएका छन् भने २ नम्बर वडाको अध्यक्ष मधुकर विक्रम श्रेष्ठ सचिव शंकर लामा, ३ नम्बर वडाको अध्यक्षमा हिरेन्द्र रायमाझी सचिव केदार विष्ट वडा नम्बर ४ को अध्यक्षमा जमिन दियाली, सचिव अच्युत के.सी., ५ नम्बर वडाको  अध्यक्षमा श्याम सुन्दर भोम्जन र सचिव सुमन वाइवा तथा वडा नं. ६ को अध्यक्षमा सुनुकाजी बलामी र सचिवमा दामोदर सुवेदी चयन भएका छन् । त्यस्र्त वडा नम्बर ७ को अध्यक्षमा राम बहादुर स्याङ्तान, सचिवमा दिपेन्द्र स्याङ्तान, ८ नम्बरको अध्यक्षमा धनराज घलान सचिव रवीन्द्र सापकोटा, वडा नम्बर ९ को अध्यक्षमा हरिशरण नेपाल सचिव खड्ग बहादुर बलामी, १० नम्बरमा अध्यक्ष बिनोद बस्नेत सचिव मोतिराम गमाल, ११ नम्बर वडाको अध्यक्षमा चन्द्र बहादुर बल सचिव दिनेश बल र १२ नम्बर वडाको अध्यक्षमा युवराज लामा र सचिवमा हिरामान घलानको नाम फाइनल भएको छ । थाहाको १२ वटै वडाको अध्यक्ष र सचिव टुङ्गो लाग्दा एक जना पनि नेकपाको वडा कमिटिहरुको नेतृत्वमा पर्न सकेनन् ।  

सबै वडा कमिटि २९ सदस्यीय हुनेमा त्यसमा पनि संख्या भागवण्डा मिलाइसकिएको छ । थाहा नगरका सबै १२ वटै वडामा हुन आउने ३ सय ४८ जना वडा कमिटिका सदस्य मध्ये पूर्व एमालेको तर्फबाट १७७ र पूर्व माओवादीको तर्फबाट १७१ जना परेका छन् । 

वडा कमिटि टुङ्याएसंगै नगर सचिवालय घोषणा तथा नगरका विभिन्न विभाग गठनमा नेकपा थाहा नगर कमिटि केन्द्रित हुने अध्यक्ष रायमाझीले      जानकारी दिए । पाटीले वडाको साथै टोल कमिटि गठनका कार्यक्रमहरु पनि संचालन गर्ने जनाएको छ । पार्टीको गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउनको लागि प्रशिक्षणात्मक कार्यक्रमहरु पनि संचालन गर्ने नगर सचिव गोपालीले बताए । 

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकाता २०७५ जेठ ३ गते घोषणा भएको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०