Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगरको संसदीय दलको नेतामा विष्ट, अरु को-को चुनिए ?

Labser-Bista11222-1582045671.png

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगरको संसदीय दलको नेतामा लवशेर विष्ट चयन भएका छन् । संसदीय बोर्ड गठन भएसंगै थाहानगर प्रमुख तथा नेकपा मकवानपुरको सचिवालय सदस्य विष्ट  संसदीय दलको नेता चयन भएका हुन् ।

नेकपाको विधि बमोजिम थाहानगरमा २ फागुनमा नेकपाको संसदीय बोर्ड गठन भएको हो । त्यसैगरी संसदीय दलको उपनेतामा शशीधर सुवेदी चयन भएका छन् । 

थाहानगरका प्रमुख सचेतकमा राजेश केसी, र सचेतक हिरा बहादुर गमाल चयन भएका छन् । संसदीय बोर्डको सचिवमा भने किरणमान बल चयन भए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०