nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेकपा थाहानगरको संगठन विस्तारमा नयाँ ट्रिक यस्तोछ, (अन्तरवार्ता)

मकवानपुर थाहा नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पूर्णता पाएको छ । जिल्लास्तरमा पार्टी नेतृत्व तथा जिल्ला कमिटिले पूर्णता पाएसंगै मकवानपुरका स्थानीय तहहरुले पनि पूर्णता पाउँदै गएका छन् । यसै सन्दर्भमा नेकपा थाहानगरका सचिव सानुकाजी गोपालीसंग हामीले पार्टीको आगमि गतिविधिको विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ, सचिव गोपालीसंगको कुराकानीः– 

नेकपा थाहानगरले पूर्णता पाएसंगै अब संगठन विस्तारको काम कसरी अघि बढ्छ ?
   – हाम्रो नगर समितिको पूर्णतासंगै हाम्रो ध्यान संगठन विस्तारको क्रममा वडा तर्फ केन्द्रित हुन्छ । वडा कसरी गठन गर्ने भन्ने हाम्रो सहमती भैसकेको छ । त्यस कारण पनि हामीलाई अब वडामा संगठन विस्तारको लागि समस्या    छैन । निर्धक्कताको साथ प्रत्येक वडामा २९ सदस्ययीय वडा समिति गठन हुन्छ । 

केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहमा पार्टी एकीकरण भैसक्यो अब वडामा कसरी हुन्छ ?
   – माथिल्लो तहमा ६०/४० वा सहमतीको आधारमा सहमती हुँदै पार्टी एकीककरण भएको कुरा सबैलाई थाहै छ । तर हाम्रो नगर समिति गठनका बेलादेखि नै हामी तछाड मछाड भन्दा पनि सहमतीको आधारमा कमिटिहरु गठन गर्दै यहाँँसम्म आइपुगेका छौंै । हामीले नगरमा पनि ४१ पूर्व एमाले र ४० पूर्व माओवादीको सदस्य संख्यामा सहमती ग¥यौ । यो संख्या भनेको ५०/५० भन्न सकिने अंक हो । तसर्थ हाम्रो यो नीति वडामा पनि कार्यान्वयन हुन्छ । हामी वडामा पनि १५/१४ कै गणितीय हिसाबमा कमिटि गठन गर्छौ । अब कुरा रह्यो वडाको नेतृत्व कस्ले–कस्ले गर्ने भन्ने सम्बन्धमा हामी क्लियर भैसकेका छौं । जुन वडा जुन पार्टीले स्थानीय तह निर्वाचनमा जितेको छ उही पार्टीले नेतृत्व गर्ने हो । जहाँ पार्टीको वडा अध्यक्ष नै अहिले निर्वाचित वडा अध्यक्ष भएका छन् भने त्यही पार्टीको सचिव वडा अध्यक्ष हुने र पराजित भएको वडा अध्यक्ष सचिव हुने गरी हामीले सहमती गरेका   छौं । यदि हारेको वा जितेको जो व्यक्ति नगर समितिमा आएको खण्डमा अध्यक्ष नगर समितिमा आएमा सचिव वडाको तत्–तत् पदका लागि दाबेदार हुनेछन् । र, नगरमा सबै वडाबाट पर्ने गरी २७ जनाको सचिवालय बनाइनेछ । यसरी सचिवालयमा आएका व्यक्तिहरुलाई जुन वडाबाट प्रतिनीधित्व भई सचिवालयमा आएका छन् उनीहरुलाई त्यही वडा इन्चार्ज हुने गरी सहमती गरेका छौं ।

नगरमा पार्टीको विभागहरु पनि गठन हुन्छन् कि ?
  – पार्टीको विभिन्न विभागहरु गरी कम्तिमा १५ वटा विभागहरु गठन हुन्छन् । यि विभागहरुमा नगर कमिटिमा नअटाएका साथीहरुलाई अटाउँदै लैजान सकिन्छ । यसले संगठन थप मजबुद हुनेछ ।

कुन कुन विभाग प्राथमितामा रहन्छ ?
    – विभागहरु गठन गर्दा त्यस्तो प्राथमिकतामै भन्दा पनि नगरको आवश्यकता अनुसार सबै विभागहरु गठन हुनेछन् । खास गरेर महिला विभाग, किसान, पर्यटन, विद्यार्थी, युवा लगायतको विषयगत विभागहरु गठन हुन्छन् । 

किन यि विभागहरुलाई प्राथमिकतामा राखिएको हो ?
   – मैले अघि पनि भने हाम्रो पार्टी संरचना अनुसार सबै विभागहरु गठन गर्ने नै हो । तर अहिले तत्कालको नगरको भौगोलिक तथा विकास तथा आवश्यकताको आधारमा पनि हामीले क्रमशः समितिहरु गठन गर्दै जानेछौं । यसरी गठन हुँदा महिला, किसान, पर्यटन पनि हुन सक्छ क्रमशः अरु विभागहरु पनि गठन हुँदै जानेछन् । अनि अर्को कुरा नगरस्तरमा नगर अध्यक्ष र सचिव अनिवार्य रहने गरी अरु तीनजना सहितको स्थानीय तह हेर्ने एउटा हाइकमाण्ड गठन हुन्छ । यसले स्थानीय तहको काम कारबाही तथा प्रभावकारीताको मुल्याङ्कन तथा सहजकिरण गर्नेछ ।

अहिले एक पार्टीको अर्को पाटी प्रवेश गर्ने पदको बार्गेनिङ गर्ने चलन जस्ते भएको छ, नेकपामा कार्यकर्ता टिकाउने के छ उपाय ?
   – हाम्रो पार्टीमा एकदमै सजिलो छ । अन्य पार्टीमा जस्तो कार्यकर्ता जोगाउन मुस्किल पटक्कै पर्दैन । अरु पार्टीमा जस्तो पद ओगटेर हाम्रो पार्टीमा बस्न पाइदैन । ‘एक व्यक्ति, एक पद’ हाम्रो पार्टीको नीति नै हो । त्यसैले कस्को क्षमता दक्षता के मा छ भन्ने कुराको मूल्याङ्कन नेकपामा हुन्छ । त्यसैले हामी सबै सबै साथीहरुलाई अटाउने गरी    राख्छौं । यो पार्टीको संगठन विस्तारको नयाँ ट्रिक पनि  हो । यसरी संगठन विस्तार गर्दा कोही बाहिर हुनै पर्दैन तसर्थ संगठनको पनि दीगोपना कायम हुन्छ । 

पार्टीलाई अन्य पार्टी भन्दा अब्बल कसरी बनाउने योजना छ ? 
    – हामी पार्टीमा आवद्ध व्यक्तिलाई पार्टीको काम मात्र हैन । उसको जनजीविकासंग पनि जोड्छौं । कार्यकर्ता भएकै कारण सबै आधारभूत आवश्यकता पूरा हुँदैन । तसर्थ, हामी कार्यकर्ताहरुलाई रोजगारसंग पनि जोड्दै लैजान्छौं । रोजगार सृजनाका उपायहरुमा पनि सुझाउँछौं, आवश्यक सहजीकरण गर्छौ । त्यसबाहेक पार्टी प्रीशक्षण तथा कार्यकर्ताहरुको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरुलाई पनि हामी निरन्तरता दिनेछौं ।  

 –धन्यवाद ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)