Saturday, 25th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

नेकपा थाहानगरको वडा इन्चार्ज र सह–इन्चार्ज तोकियो (हेर्नुहोस् नामावली)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) थाहानगर कमिटिको सचिवालय बैठकले ११ वटा वडाको इन्चार्ज र सह–इन्चार्जको टुङगो लगाएको छ । नेकपा थाहानगर कमिटि सचिवालयको ८ पौषमा बसेको बैठकले १२ वडा रहेको थाहाको ११ नम्बर वडा सम्मको इन्चार्ज र सहइन्चार्ज तोकेको हो । वडा नम्बर १२ को भने पछि तोक्ने नगर सचिव सानुकाजी गोपालीले जानकारी दिए ।  

नेकपाले थाहा नगरपालिका वडा नम्बर १ को इन्चार्ज सुरेन्द्रमान प्रधान र सह–इन्चार्ज रुपचन्द्र गोपाली, वडा नम्बर २ को इन्चार्ज नबराज बिष्ट र सह–इन्चार्ज सगुन ढकाल, वडा नम्बर ३ को इन्चार्ज अच्युतम प्रसाद ढकाल र सह–इन्चार्ज अर्जुन सुनार, वडा नम्बर ४ को इन्चार्ज विमलकुमार ढकाल र सह–इन्चार्ज विनोद के.सी, वडा नम्बर ५ को इन्चार्ज कान्छा लामा र सह–इन्चार्ज शिबराम थापा, वडा नम्बर ६ को इन्चार्ज सुविन भक्त श्रेष्ठ र सह–इन्चार्ज हरि मगरलाई तोकिएको छ । 

त्यसैगरी वडा नम्बर ७ को इन्चार्ज कल्पना वलामी र सह–इन्चार्ज दिपेन्द्र कुमार थिङ, वडा नम्बर ८ को इन्चार्ज डम्बर लामा र सह–इन्चार्ज सुमन कार्की, वडा नम्बर ९ को इन्चार्ज लक्ष्मण रेग्मी र सह–इन्चार्ज संजय वलामी, वडा नम्बर १० को इन्चार्ज रमेश मगर र सह–इन्चार्ज हरी गोपाली र वडा नम्बर ११ को इन्चार्ज विष्णु गोपाली र सह–इन्चार्जमा किरणमान बललाई तोकिएको छ । 
सचिवालय बैठकले तत्कालिन माओवादी वडा कमिटि अध्यक्ष भएको वडामा तत्कालिन एमालेको इन्चार्ज र तत्कालिन माओवादीको सह–इन्चार्ज तथा तत्कालिन एमालेको वडा कमिटि अध्यक्ष भएको वडामा तत्कालिन माओवादीको तर्फवाट ईन्चार्ज र त्त्कालिन एमालेको तर्फवाट सह–ईन्चार्ज तोकेको हो । थाहामा तत्कालिन एमाले र माओवादीले ६÷६ वटा वडाको नेतृत्व गरेका छन् । 

बैठकले १९ पौषमा जेसिज हलमा १२ वटै वडाको वडा कमिटिका पदाअधिकारीहरुलाई सपथ ग्रहण कार्यक्रम गर्ने निर्णय गरेको छ । सपथ ग्रहण कार्यक्रमको लागि नगर अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा सानुकाजी गोपाली, लक्ष्मण बिष्ट, बिमलकुमार ढकाल र इच्छापूर्ण कार्की रहने गरी ५ सदस्यीय तयारी तथा अनुगन समिति गठन गरेको छ ।

नगर कमिटि अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा बसेको सचिवालय वैठकमा ३ नम्बर प्रदेश सचिवालय सदस्य बिष्णु बिष्टको प्रमुख आतिथ्य रहेको थियो । बैठकमा जिल्ला सदस्य तथा थाहानगर कमिटि सह–ईन्चार्ज लक्ष्मण बिष्ट, जिल्ला सदस्य बुद्घरत्न मानन्धरको आतिथ्यता रहेको थियो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०